प्रेम सुनार/मङ्सिर १९, गुल्मी । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके ज"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा दिउँसै राँके जुलुस

१९ मंसिर २०७३, आईतवार १२:२२


प्रेम सुनार/मङ्सिर १९, गुल्मी । पाँच नम्वर प्रदेशबाट गुल्मी टुक्राउन पाईदैन भन्ने माग राख्दै सुरु गरिएको आन्दोलनका आज पाँचौ दिन आन्दोलनकारीले दिउँसै राँके जुलुस प्रदर्शन गरेर सरकार प्रति विरोध जनाएका छन् । 

यस अघिका आन्दोलनहरुमा साँझपख राँके जुलुस प्रदर्शन गरिदै आएकोमा यसपाली आन्दोलनलाई फरक रुप दिन दिउँसै राँके जुलुस प्रदर्शन गरिएको हो ।  तम्घासको लाकुरी मञ्चबाट सुरु भएको राँके जुलुस तम्घास वजार परिक्रममा गरी पुन लाकुरी मञ्चमा आई कोण सभामा परिणत भएको थियो । 

यसै विच भोली दिउँसो एक वजे तम्घासको चिदिचौरमा विशाल जुलुस हुने संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । यसै विच  गुल्मी जिल्लाका गाउँ गाउँमा पनि आन्दोलन तिव्र पारिएको समाचार प्राप्त भएको छ ।   


पुकोटदहमा ७ गाविसका जनताले विरोध प्रदर्शन गरेको जनाईएको छ । यता ईस्मा, वामीटक्सार भेग, मजुवा, खैरेनी, शान्तिपुर रिडी वजेटक्सार लगायतका गाउँहरुमा पनि आन्दोलन चर्काएको हाम्रा प्रतिनिधीहरुले जानकारी दिएका छन् ।

आन्दोलनलाई थप सशक्त बनाउन आज दिउँसो संयुक्त जनआन्दोलन  समिति गुल्मीले पत्रकारहरु संग भेटघाट कार्यक्रम राखेको थियो । नेपाल पत्रकार महासंघको संयोजनमा गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा राखिएको भेटघाट कार्यक्रममा पत्रकारहरुले आफुहरु पनि आन्दोलनमो मार्चा मै रहेको बताउँदै आन्दोलनलाई उर्जाशिल बनाउने समाचार लेखनमा कुनै कमी नराख्ने प्रतिवद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा