कमल रावल/मंसिर २०, अछाम । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री भिम रावलले देशमा अहिले सविधान संशोधन कुनै आवश्यकता नरहेको बताउनु भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मंसिर २०, अछाम । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री भिम रावलले देशमा अहिले सविधान संशोधन कुनै आवश्यकता नरहेको बताउनु भएको छ । <"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अहिले संबिधान संशोधनको आवश्यकता छैन: रावल

२० मंसिर २०७३, सोमबार १३:१४


कमल रावल/मंसिर २०, अछाम । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री भिम रावलले देशमा अहिले सविधान संशोधन कुनै आवश्यकता नरहेको बताउनु भएको छ । 

नेकपा एमाले अछामको अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न अछाम पुग्नु भएका नेता रावलले जुन क्षेत्रका जनताका समस्या समाधानका लागि अहिलेको सरकारले सविधान संशोधन प्रस्ताव संसदमादर्ता गरेको छ त्यही क्षेत्रका जनता सडक देखि नै आन्दोलनमा उत्रिएकाले सविधान संशोधन हुनै नसक्ने बताउनु भएको हो । 

विगत १९ वर्ष देखि स्थानिय स्तर रिक्त अबस्थामा रहेको बेला सरकारले स्थानिय निकायको चुनावको मिती घोषणा तोक्न छोडेर उल्टै सविधान संशोधनको कुरा ल्याउन नेपाल र नेपाली जनताको हितविपरित रहेको बताउनु भयो । 

अहिले सरकार, सत्ता साझेदार नेपाली काग्रेसले सविधान संशोधनमा ५ नम्बर प्रदेशका पाल्पा, प्युठान, अर्घाखाँची, गुल्मी लगाएतका जिल्लालाई तराईबाट अलग्याएर अर्को प्रदेशमा हाल्ने ठुलो षडयन्त्र भईरहेको आरोप लगाएका थिए । यतिबेला सरकारले सविधान संशोधन भन्दा पनि कार्यान्वनलाई जोड दिनु उत्तम हुने भनाई राखेका थिए ।

अछाम क्षेत्र नम्बर १ का साँसद तथा पुर्व गृहमन्त्रि तथा रक्षामन्त्रि समेत रहनु भएका रावलले तराई, पहाड, हिमालका जनता मिलेर बसिरहेका बेला सत्ता साझेदार दल र मधेशवादि दलले विदेशिको ईशारामा चलेर आफनो स्वाभिमान झुक्ने गरि परराष्ट्र निति समेत सँकट फाल्ने काम गरेको बताउनु भयो । 

वर्तमान प्रधानमन्त्रीले सविधानको बचाउका साथै कार्यान्वयनमा जोड दिने बेला संशोधन गर्नु पर्छ भनेर प्रस्ताव अघि बढाउनु राष्ट्र विपरित भएको बताउनु भयो । तराईका बसेका जनताका सबै अधिकार कुण्ठित गरि अगिकृत नागरिकलाई राष्ट्रको उच्चतहमा ल्याउने कुरा अहिलेका प्रधानमन्त्री र मधेशवादि नेताले जनताको हित विपरित गरेको दाबि गरेका थिए । सच्चा देश भक्त जनताको पक्षमा एमाले भएकाले सविधान संशोधनको एमालेले सदन र सडकबाट जहिले पनि आन्दोलन गरिरहने ठोकुवा गरेका थिए । बरु अबको सरकाले स्थानिय पुरसंरचना अन्तर्गत सबै कानुन तयार पारि छिटो भन्दा छिटो स्थानिय निकायको निर्वाचनको मिती घोषणा गर्नु पर्नेमाजोड दिएका थिए ।

जिल्ला अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षतामा सुरु भएको अगुवा कार्यकर्ता कार्यक्रममा अछाम ईञ्चार्ज तथा पार्टिका वैकल्पीक केन्द्रिय कमिटी सदस्य प्रकाश शाह, प्रदेश नम्बर ७ का सदस्य तथा अछाम क्षेत्र नम्बर २ का साँसद भरत साउद, प्रदेश सदस्य भैरे कामि, कुल बहादुर कुवर, कमल तिमिल्सैना, बम बहादुर विसि, मिना साउद लगाएतका नेताले सम्बोधन गर्नु भएको थियो । जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्य, जिल्ला कमिटी सल्लाहकार सदस्य, जिल्ला प्रतिनिधी परिषदका सम्पूर्ण सदस्य, दुबै निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी, सम्पूर्ण सदस्य, ईलाका र नगर कमिटीका पदाधिकारी, गाउ कमिटी र नगर वडाकमिटीका अध्यक्ष, जनवर्गीय संगठनका जिल्ला पदाधिकारी र केन्द्रीय सदस्य, पेशागत संगठनका जिल्ला पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको कार्यक्रमको संञ्चालन सचिव यज्ञ बोगटीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु