प्रेम सुनार । मंसिर–२२, गुल्मी ।  ५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर नेपाली कांग्रेसका गुल्मी जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । मंसिर–२२, गुल्मी ।  ५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर नेपाली कांग्रेसका गुल्मी जिल्ल"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेर बहादुर देउवालाई आफ्नै पार्टीका नेताले दिए यस्तो चेतावनी

२०७३, २२ मंसिर बुधबार १३:२३

प्रेम सुनार । मंसिर–२२, गुल्मी ।  ५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर नेपाली कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले  आफ्ना नेता शेरबहादुर देउवालाई आज कडा चेतावानी दिएका छन् ।

आन्दोलनको आज ८ औं दिनको विरोध सभालाई सम्वोधन गर्दै सभापति श्रेष्ठले भने –‘शेरबहादुर देउवा ज्यु सचेत रहनुहोस हामी नेपाली कांग्रेसको चारतारे झण्डा तोडेर पनि लड्ने छौं , यो हाम्रो कुनै पार्टी विशेषको लडाई होईन हाम्रो माटोको लडाई हो । ’

संयुक्त जनअन्दोलन परिचालन समिति गुल्मीको संयोजक रहेका श्रेष्ठले शेरबहादुर देउवालाई जनभावान विपरित  गए हिजोको प्रजा परिषद पार्टी जस्तै विलय भईने चेतावनी समेत दिए । उनले प्रधानमन्त्री प्रचण्डको नामै नलिई सरकारको मात्रै विरोध गर्दै भने–‘ हजारौ जनता सडकमा उत्रेर चिच्चाउँदा पनि नसुन्ने यो सरकार वहिरो हो र अन्धो पनि हो । ’

उनले अहिले गरिएको आन्दोलन ईतिहाँसकै सवै भन्दा ठुलो आन्दोलन भएको र ५ नम्वर प्रदेश अन्तर्गत १२ जिल्लाको आन्दोलनको नेतृत्व अव गुल्मीले गर्ने उद्घोष उद्घोष गरे ।  धेरै दिन देखि सिडियो विहिन बनेको गुल्मी जिल्ला प्रशासन संग भोली आन्दोलनको के कति रिर्पोट ग¥यो केन्द्रमा भन्ने वारेका हिसाव किताव मागिने र भर्खर कार्यभार सम्हाल्न आएको सिडियोलाई भित्र छिर्न नदिने चेतावानी समेत उनले दिए । 

वारा जिल्लावाट सरुवा भई आएका सिडियो कृष्णप्रसाद ढुङ्गाना गुल्मी प्रवेश गरेको बताईए पनि  सदरमुकाम भित्रिए नभित्रिएको जानकारी प्रशासनका अधिकारीहरुले दिन चाहेका छैनन् । श्रेष्ठले सिडियो सहित यहाँको जिल्ला प्रहरी प्रमुखलाई समेत कडा चेतावानी दिएका छन् ।

त्यस्तै नेकपा एमालेका कार्यवाहक अध्यक्ष मध्कृष्ण पन्थले पनि यहाँको प्रशासनलाई कडा चेतावानी दिदै आन्दोलनले सफलता नपाए सम्म कुनै पनि हालतमा पछि नहट्ने अडान दोहराएका छन् । उनले यो आन्दोलन कुनै पार्टी विषयको नभएर सिंङ्गो ५ नम्वर प्रदेशको भएको भन्दै तराईका जिल्ला भारतमा गाभिनका लागि बचाउन सारा जनता सडकमा उत्रिन अपिल गरे । 

माओवादी केन्द्रका नेता निमबहादुर पाण्डेले   तराई जिल्लाबाट पहाडी जिल्ला छुटाउन खोजिए फाँसी दिन तयार हुने तर आन्दोलन नछाड्ने उद्घोष गरे । उनले सत्तारुढ दलका दुई नेतालाई ईङ्गित गर्दै एउटा यस्तो गीतको टुक्का निकाले –‘ लालुपाते नुग्यो भुँईतिर , कि लाउ मायाँ उहि तिर कि लाउँ मैतिर , ए निरा नलाउँ दुई तिर …’ । कि भारततिर मात्रै मायाँ लगाउ कि नेपाल तिर मात्रै मायाँ लगाउ भन्ने उनको व्याङ्ग थियो । 

आज ८ औं दिन सिठ्ठी जुलुस निकालेर सरकारलाई व्याङ्ग गरिएको थियो ।  भोली थाल जुलुस निकाल्ने र प्रशासन कार्यालय भित्र  विहान ९  वजे देखि सिडियो र अन्य कर्माचारी  छिर्न नदिईने लगायतका कार्यक्रम रहेको जनाईएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी