प्रेम सुनार । मंसिर–२२, गुल्मी ।  ५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर नेपाली कांग्रेसका गुल्मी जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । मंसिर–२२, गुल्मी ।  ५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर नेपाली कांग्रेसका गुल्मी जिल्ल"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेर बहादुर देउवालाई आफ्नै पार्टीका नेताले दिए यस्तो चेतावनी

२२ मंसिर २०७३, बुधबार १३:२३

प्रेम सुनार । मंसिर–२२, गुल्मी ।  ५ नम्वर प्रदेशबाट पहाडका जिल्ला छुट्टाईने गरी ल्याईएको संविधान संशोधनको प्रस्तावको विषयलाई लिएर नेपाली कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले  आफ्ना नेता शेरबहादुर देउवालाई आज कडा चेतावानी दिएका छन् ।

आन्दोलनको आज ८ औं दिनको विरोध सभालाई सम्वोधन गर्दै सभापति श्रेष्ठले भने –‘शेरबहादुर देउवा ज्यु सचेत रहनुहोस हामी नेपाली कांग्रेसको चारतारे झण्डा तोडेर पनि लड्ने छौं , यो हाम्रो कुनै पार्टी विशेषको लडाई होईन हाम्रो माटोको लडाई हो । ’

संयुक्त जनअन्दोलन परिचालन समिति गुल्मीको संयोजक रहेका श्रेष्ठले शेरबहादुर देउवालाई जनभावान विपरित  गए हिजोको प्रजा परिषद पार्टी जस्तै विलय भईने चेतावनी समेत दिए । उनले प्रधानमन्त्री प्रचण्डको नामै नलिई सरकारको मात्रै विरोध गर्दै भने–‘ हजारौ जनता सडकमा उत्रेर चिच्चाउँदा पनि नसुन्ने यो सरकार वहिरो हो र अन्धो पनि हो । ’

उनले अहिले गरिएको आन्दोलन ईतिहाँसकै सवै भन्दा ठुलो आन्दोलन भएको र ५ नम्वर प्रदेश अन्तर्गत १२ जिल्लाको आन्दोलनको नेतृत्व अव गुल्मीले गर्ने उद्घोष उद्घोष गरे ।  धेरै दिन देखि सिडियो विहिन बनेको गुल्मी जिल्ला प्रशासन संग भोली आन्दोलनको के कति रिर्पोट ग¥यो केन्द्रमा भन्ने वारेका हिसाव किताव मागिने र भर्खर कार्यभार सम्हाल्न आएको सिडियोलाई भित्र छिर्न नदिने चेतावानी समेत उनले दिए । 

वारा जिल्लावाट सरुवा भई आएका सिडियो कृष्णप्रसाद ढुङ्गाना गुल्मी प्रवेश गरेको बताईए पनि  सदरमुकाम भित्रिए नभित्रिएको जानकारी प्रशासनका अधिकारीहरुले दिन चाहेका छैनन् । श्रेष्ठले सिडियो सहित यहाँको जिल्ला प्रहरी प्रमुखलाई समेत कडा चेतावानी दिएका छन् ।

त्यस्तै नेकपा एमालेका कार्यवाहक अध्यक्ष मध्कृष्ण पन्थले पनि यहाँको प्रशासनलाई कडा चेतावानी दिदै आन्दोलनले सफलता नपाए सम्म कुनै पनि हालतमा पछि नहट्ने अडान दोहराएका छन् । उनले यो आन्दोलन कुनै पार्टी विषयको नभएर सिंङ्गो ५ नम्वर प्रदेशको भएको भन्दै तराईका जिल्ला भारतमा गाभिनका लागि बचाउन सारा जनता सडकमा उत्रिन अपिल गरे । 

माओवादी केन्द्रका नेता निमबहादुर पाण्डेले   तराई जिल्लाबाट पहाडी जिल्ला छुटाउन खोजिए फाँसी दिन तयार हुने तर आन्दोलन नछाड्ने उद्घोष गरे । उनले सत्तारुढ दलका दुई नेतालाई ईङ्गित गर्दै एउटा यस्तो गीतको टुक्का निकाले –‘ लालुपाते नुग्यो भुँईतिर , कि लाउ मायाँ उहि तिर कि लाउँ मैतिर , ए निरा नलाउँ दुई तिर …’ । कि भारततिर मात्रै मायाँ लगाउ कि नेपाल तिर मात्रै मायाँ लगाउ भन्ने उनको व्याङ्ग थियो । 

आज ८ औं दिन सिठ्ठी जुलुस निकालेर सरकारलाई व्याङ्ग गरिएको थियो ।  भोली थाल जुलुस निकाल्ने र प्रशासन कार्यालय भित्र  विहान ९  वजे देखि सिडियो र अन्य कर्माचारी  छिर्न नदिईने लगायतका कार्यक्रम रहेको जनाईएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु