गुल्मीको जिल्ला प्रशासनमा वोर्ड टाँगियो, कार्यालयमा ताला ठोकियो 


प्रेम सुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गुल्मीको जिल्ला प्रशासनमा वोर्ड टाँगियो, कार्यालयमा ताला ठोकियो 


प्रेम सुन"/>

१३ पुष २०८२, आईतवार
काठमाडौँ - KTM

जनताद्धारा गुल्मीमा ५ नम्वर प्रदेश कार्यालयको उद्घाटन

२३ मंसिर २०७३, बिहीबार ०६:२८

गुल्मीको जिल्ला प्रशासनमा वोर्ड टाँगियो, कार्यालयमा ताला ठोकियो 


प्रेम सुनार । गुल्मी, मंसिर–२३  । गुल्मी आन्दोलनका आज नवौं दिन यहाँका राजनैतिक दलका सवै नेता र जनता मिलेर ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासनको औपचारिक उद्घाटन गरेका छन् । 

यहाँका सिडियोलाई प्रमुख अतिथीका रुपमा आमन्त्रण गर्दै नेपाली कांग्रेसका सभापति तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालको कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निमबहादुर पाण्डे सहित सवै राजनैतिक दलका नेता, नागरिक समाज, नेपाल पत्रकार महासंघ, गुल्मी उद्योग वाणिज्य संघले संयुक्त रुपमा  ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासन कार्यालयको वोर्ड उद्घाटन गरी  त्यसै प्रशासन कार्यालय भित्र टाँकेका छन् । 

‘सिडियो साव तपाई त १० वजे सम्म कार्यालय आई पुग्नु पर्ने हो, तर सुरुक्षाका कारण आउन नसक्नु भए होला ,  तपाईका प्रहरीले सुरक्षा दिन नसके पनि  हामीले सुरक्षा दिन्छौं ढुक्क भएर आउनुस् ’ भन्ने व्याङ्ग गर्दै  प्रमुख अतिथी आमन्त्रण गरिएको थियो । 

हिजो देखि गुल्मीमा कार्यभार सम्हाल्न आई पुगेका सिडियो कृष्णप्रसाद ढुङ्गाना कतै झुलक्क देखिएका छैनन् । माईकबाट उनको क्वाटर तर्फ चर्को चर्को  स्वरमा हुकार गरियो , जिविसमा ताला ठोकियो , प्रहरी पछाडी हट्यो , जिल्ला प्रशासन कार्यालय आन्दोलनकारीको कव्जामा लिईयो तर पनि सुरक्षा निकायले बल प्रयोग नगरेर मुडभेड हुनबाट जोगाएको छ ।  आन्दोलनकारी दुवै कार्यालयको चिसो खाँदै बसी रहेका छन् भने उता पारी कर्मचारीहरु घाम तापी रहेका छन् । आन्दोनको आज नवौ दिन थप चर्काउँदै लगिएको छ । आज दिउँसो थाला जुलुस गरिने भएको छ भने मंसिर २४ गते जिल्लाका आठ स्थानमा विशाल आमसभा हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल