गुल्मीको जिल्ला प्रशासनमा वोर्ड टाँगियो, कार्यालयमा ताला ठोकियो 


प्रेम सुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गुल्मीको जिल्ला प्रशासनमा वोर्ड टाँगियो, कार्यालयमा ताला ठोकियो 


प्रेम सुन"/>

२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

जनताद्धारा गुल्मीमा ५ नम्वर प्रदेश कार्यालयको उद्घाटन

२०७३, २३ मंसिर बिहीबार ०६:२८

गुल्मीको जिल्ला प्रशासनमा वोर्ड टाँगियो, कार्यालयमा ताला ठोकियो 


प्रेम सुनार । गुल्मी, मंसिर–२३  । गुल्मी आन्दोलनका आज नवौं दिन यहाँका राजनैतिक दलका सवै नेता र जनता मिलेर ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासनको औपचारिक उद्घाटन गरेका छन् । 

यहाँका सिडियोलाई प्रमुख अतिथीका रुपमा आमन्त्रण गर्दै नेपाली कांग्रेसका सभापति तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालको कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निमबहादुर पाण्डे सहित सवै राजनैतिक दलका नेता, नागरिक समाज, नेपाल पत्रकार महासंघ, गुल्मी उद्योग वाणिज्य संघले संयुक्त रुपमा  ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्ला प्रशासन कार्यालयको वोर्ड उद्घाटन गरी  त्यसै प्रशासन कार्यालय भित्र टाँकेका छन् । 

‘सिडियो साव तपाई त १० वजे सम्म कार्यालय आई पुग्नु पर्ने हो, तर सुरुक्षाका कारण आउन नसक्नु भए होला ,  तपाईका प्रहरीले सुरक्षा दिन नसके पनि  हामीले सुरक्षा दिन्छौं ढुक्क भएर आउनुस् ’ भन्ने व्याङ्ग गर्दै  प्रमुख अतिथी आमन्त्रण गरिएको थियो । 

हिजो देखि गुल्मीमा कार्यभार सम्हाल्न आई पुगेका सिडियो कृष्णप्रसाद ढुङ्गाना कतै झुलक्क देखिएका छैनन् । माईकबाट उनको क्वाटर तर्फ चर्को चर्को  स्वरमा हुकार गरियो , जिविसमा ताला ठोकियो , प्रहरी पछाडी हट्यो , जिल्ला प्रशासन कार्यालय आन्दोलनकारीको कव्जामा लिईयो तर पनि सुरक्षा निकायले बल प्रयोग नगरेर मुडभेड हुनबाट जोगाएको छ ।  आन्दोलनकारी दुवै कार्यालयको चिसो खाँदै बसी रहेका छन् भने उता पारी कर्मचारीहरु घाम तापी रहेका छन् । आन्दोनको आज नवौ दिन थप चर्काउँदै लगिएको छ । आज दिउँसो थाला जुलुस गरिने भएको छ भने मंसिर २४ गते जिल्लाका आठ स्थानमा विशाल आमसभा हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो