२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको सिमलटारीवासीले कुनैपनि नेतालाई छिर्न नदिने, भोलीको जनसभा बहिष्कार

२३ मंसिर २०७३, बिहीबार ०८:३६

प्रेम सुनार । मंसिर–२३, गुल्मी । ५ नम्वर प्रदेश टुक्राउन नदिने माग राख्दै गरिएको आन्दोलनको भोली दशौं दिन जिल्लाका ८ स्थान मध्ये सिमलटारीमा विशाल जनसभा  गर्ने घोषणा हिजो यहाँको संयुक्त जनआन्दोलन समितिले गरे लगत्तै  सिमलटारीवासीले उक्त जनसभा वहिष्कार गर्ने घोषणा गरेका छन् । 

हिजो स्थानिय निकाय निर्धारण गर्ने वेलामा ठुलै  शहरका रुपमा विकास भई सकेको र धेरै गाउँका लागि पायक पर्ने केन्द्र हुँदाहुदै पनि वेवास्ता गरिएकोबाट रुष्ट बनेका  मरभुङ्गका  सवै राजनैतिक दलहरुले आज विहान बैठक वसी सिमिलटारीमा जिल्लाका कुनै पनि दलका नेताहरुलाई कार्यक्रम गर्नका लागि छिर्न नदिने निर्णय समेत गरेको मरभुङ्ग स्थित हाम्रा समाचार प्रतिनिधी खड्ग नेपालीले जानकारी दिए । 

नेपाली कांग्रेस मरभुङ्गका सभापति मुक्तीराम पौड्याल, नेकपा एमालेका अध्यक्ष तुल्सीराम अर्याल, नेकपा माओवादी केन्द्रका ईञ्चार्ज स्र्यबहादुर जिसी लगायतका दलका नेता , समाज सेवी वुद्धिजिवी सर्वसाधरणहरुको भेलाले भोली गरिने भनिएको सिमलटारीको जनसभा वहिष्कार गर्ने निर्णण् गरिएको नेपाली जानकारी दिए । 

तपाईलाई भोली सिमलटारी जाने पत्रकारका रुपमा खटाईएको छ भन्ने सुनिएको छ तर यहाँका राजनैतिक दलले भोलीको कार्यक्रम वहिष्कार गरेर पर्सी शनिवार सिमलटारीवासीले आफै कार्यक्रम राखेर प्रेम सुनारलाई बोलाई जिल्लाका नेताहरु प्रतिको जनआक्रोष सञ्चार माध्यम सम्म पुराउने निर्णय समेत भएको छ , तपाई त्यस दिन अनिवार्य आउनु होला –नेपालीले भने ।  एक हप्ता अघि त्यहाँ पुग्दा  माओवादी केन्द्र मरभुङ्गका ईञ्चार्ज सुर्यबहादुर जिसीले आफ्नै पार्टीका नेताहरुले समेत मरभुङ्गवासीको माग सुन्न नसकेको गुनासो गरेका थिए । 

माओवादी , कांग्रेस एमालेले यस क्षेत्रको पार्टीका कार्यक्रम राख्दा सिमलटारीलाई केन्द्र मान्दै कार्यक्रम गर्न हुने अहिले स्थानिय निकाय बनाउँदा किन केन्द्र मान्न सकिएन ? यस्तो प्रश्न गर्दै त्यहाँका हरेक राजनैतिक दलका नेता कार्यकर्ता र आम सिमलटारीवासी रुष्ट छन् । माओवादीका पुर्व सभाषद  सागर , वर्तमान सांसद गोकर्ण विष्ट, सभाषद उमेदवार कांग्रेस नेता त्रैलोक्य प्रताव सेन लगायतमा सवै दलका नेताहरुले विगतमा कार्यक्रम गर्दा सिमलटारी क्षेत्र नम्वर ३ को केन्द्र भएको र भविश्यमा  त्यही रुपमा विकास गरिने भाषण समेत दिएको स्मरण गर्दै अव कुनै पनि दलले सिमलटारीमा पार्टीका जनसभाहरु गर्न नदिने उद्घोष गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव