मंसिर २३, पोखरा | नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूमाथि भएको जुत्ता प्रहारको घटनालाई सामान्य रुपमा लिएको बताएका छन् । पोखरा विमानस्थलमा बिहीबार संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २३, पोखरा | नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूमाथि भएको जुत्ता प्रहारको घटनालाई सामान्य रुपमा लिएको बताएका छन् । पोखरा विमानस्थलमा बिहीबार संच"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुत्ता प्रहारको घटनालाई सामान्य रुपमा लिएको छु – भट्टराई

२०७३, २३ मंसिर बिहीबार १६:३७

मंसिर २३, पोखरा | नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूमाथि भएको जुत्ता प्रहारको घटनालाई सामान्य रुपमा लिएको बताएका छन् । पोखरा विमानस्थलमा बिहीबार संचालकर्मीहरुसँग बोल्नै पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले भने लोकतन्त्रमा शान्तिपूर्णरुपमा विरोध गर्ने अधिकार रहेको हुँदा यसलाई ठूलो नबनाउन संचारकर्मीलाई आग्रह गरे ।

उनले भने, के देखेर ममाथि कालो झण्डा र जुत्ता प्रहार भयो त्यो मलाई थाहा छैन । मैले प्रहरीलाई जुत्ता हान्नेलाई छाडिदिन समेत भनिसकेको छु । उनले संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर पारित गर्नुपर्नेमा सुझाव दिए । उनले भने, संशोधन गरेर सबै पक्षलाई अटाउनुपर्दछ । एमालेले आफ्ना कुरा राखे हुन्छ, संसद् अवरुद्ध गरेर निकास निस्किदैन ।

राजनीतिक स्थिरताका लागि शासकीय स्वरुपमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउन सके भिजन भएको व्यक्तिले देशको विकास गर्न सक्छ, अन्यथा ६/९ महिनामै सरकार परिवर्तन हुने खेलले देशको विकास हुँदैन । यसअघि, मञ्चमा बोलिरहेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी संयोजक डा. भट्टराईमाथि बिहीबार बिहान पृथ्वीनारायण क्याम्पसमा एक विद्यार्थीले जुत्ता प्रहार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो