२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चन्द्र भण्डारीको प्रश्नः आफैले रोकेको त्यही प्रस्ताव किन लैजानु भयोे प्रचण्डजी ? ’

२७ मंसिर २०७३, सोमबार १२:५४

प्रेम सुनार, मंसिर २७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई  हिजो आफैले रोकेको ५ नम्वर प्रदेश टुक्राउने  संशोधनको प्रस्ताव आज फेरी आफैले किन पेश गर्नु भयो ? भनेर प्रश्न गरेका छन् ।

    ‘हिजो  सुशिल कोईरालाजी र केपी ओलीजी मिलेर ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला छुटाउने प्रस्ताव अगाडी सार्नु भएकै हो, त्यस वेला त्यसलाई रोक्ने  वर्तमान प्रधानमन्त्री प्रचण्डजी नै हो, त्यसका लागि म उहाँलाई धन्यवाद् दिन चाहन्छु ’ गुल्मीको विशाल विरोध सभालाई आज सदरमुकमा  सम्वोधन गदै भण्डारीले प्रश्न गरे  अहिले त्यही प्रस्तापव तपाईले किन लैजानु भयो ? ’

 त्यति वेला सुशिल कोईराला र  केपी ओलीजीले ५ नम्वर प्रदेशबाट  पाहडी जिल्ला  टुक्राउने प्रस्ताव लैजाँद म अफु, एमाले कै नेता गोकर्ण विष्टजीलाई ज्वरो नै आएको स्मरण गर्दै अहिले त्यही प्रस्ताव हिजोको विरोधी प्रचण्डले लैजाँदा पाहडी जिल्ला विरोधमा जुरुक्कै  उठ्न्ु परेको नेता भण्डारीले बताए । 

  उक्त प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने ठोकुवा गर्दै  उनले त्यस विरुद्ध गुल्मीबाट रगत बग्न सुरु हुने चेतावानी दिए । उनले आफ्ना नेता शेरबहादुर देउवालाई पनि कडा शव्दमा चेतावानी दिदै भने शेरबहादुर जी र भिम रावल जीका हात खुट्टा जति बलिया भए पनि हाम्रो आन्दोलनले कम्जोर पार्दै   जाने छ । 

 त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवालीले मिठो भाषामा भने–‘प्रदेश र देश भन्दा ठुलो विदेशको आदेश हुन सक्दैन् । यसर्थ किमार्थ पनि संशिधान संशोधनको प्रस्ताव पास हुन दिईने छैन् । ’

  उनले वर्तमान सरकार विदेशीको ईसरामा चलेको आरोप लगाउँदै संविधान सभाको प्रस्ताव अघि बढाउन चाहे सरकार विरुद्ध यति मात्र होईन यो भन्दा ठुलो धक्का दिने चेतावानी दिए ।  संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए सम्म आन्दोलन थप तिव्र पार्दै लगिने बताउँदै नेता ज्ञवाली सरकार विरद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।

    त्यसो त सरकारकै नेतृत्व गरेको पार्टी नेकपा   माओवादी केन्द्रका पोलीटव्युरो सदस्य चन्द्रबहादुर खड्का पनि सरकार विरुद्ध कडा रुपमा प्रस्तु भएका थिए ।  उनले ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव अघि बढाए दल भन्दा माथी उठेर आन्दोलनको आँधीवेहरी ल्याउने चेतावानी सरकारलाई दिएका थिए । उनले पनि यो प्रस्ताव भारतको दवाव आएको आरोप लगाउँदै तत्काल फिर्ता नर्ग सरकार संग माग गरेका थिए । 

  विरोध सभामा नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम , राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोमकुमार कार्की, सांसद कमला बिश्वकर्मा लगायतका केन्द्रिय नेता र स्थानिय आन्दोलनकारीका नेताहरुले पनि मन्तव्य राखेका थिए ।

   संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न विरोध सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भुपाल पोखरेलको स्वागत मन्तव्य र नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव