सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संशोधन विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौँ -उपाध्यक्ष ज्ञवाली

२७ मंसिर २०७३, सोमबार १५:४३

सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्टस् क्लव दाङ शाखाले सोमवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले संविधान संशोधन विधेयक संसदबाट पास हुनै नदिने बताए ।

रिपोर्टस् क्लव दाङले  सोमबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले संसदमा हामी त्यो पेश हुनै दिदैनौ र यदि पेश भएमा पनि भोटिङबाट फेल गराउने छौं उने भने’ संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले संशोधनको बखेडा झिकेको उनको आरोप थियो । उपाध्यक्ष ज्ञवालीले निर्वाचनको बाताबारण गराउनु पर्ने समयमा अनावश्यक समस्या उत्पन्न गराएको भन्दै सरकारको आलोचना गरेका थिए । २०७४ सालको माघ महिनाभित्र तीन तहको निर्वाचन गराउनु आवश्यक रहेको बताएका उनले निर्वाचन नभएमा संविधानको औचित्यमाथि प्रश्न उठ्न सक्ने बताए । निर्वाचन गरिसकेपछि मात्रै संविधान संशोधनतिर लाग्नु उपयुक्त हुने उनको जिकिर थियो । संविधान लचिलो र गतिशील रहेको भन्दै संशोधनको नाममा सरकारले त्यसको गलत ब्याख्या गरेर अगाडी बढेको ज्ञवालीको दाबी छ । नेकपा एमाले सकारात्मक कदमको पक्षमा रहेको भन्दै संविधान संशोधन जनताको पक्षमा नरहेकाले एमाले लगायत स्वयं सत्तापक्ष दलका नेताहरु सडकमा गएको दावी गरेका थिए । उपाध्यक्ष ज्ञवालीले दाङ ५ नम्बर प्रदेशको राजधानी हुने दावी गरेका थिए ।

रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले दाङ राजधानी हुने धेरै कारणहरु भएको भन्दै त्यसका लागि सबै दंगालीको सहयोग हुनुपर्ने उनले बताए । यद्यपी राजधानी हुने नहुने प्रान्तिय सभाले निर्धारण गर्ने उनले बताए । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रेमबहादुर राम्जाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव