प्रेम सुनार । पुस १, गुल्मी । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । पुस १, गुल्मी । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा प्रहरी र आन्दोलनकारी विच झडप, अश्रुग्याँस प्रहार

१ पुष २०७३, शुक्रबार ०९:३५

प्रेम सुनार । पुस १, गुल्मी । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक्रमक आम हड्तालले  गुल्मी जिल्ला तनाव ग्रस्त बनेको छ ।  जिल्ला प्रशासनमा ताला ठोक्दै आन्दोलनकारीले एक जना कर्मचारी पनि छिर्न नदिई कव्जा जमाएका छन् । यो समाचार सकेर पठाउनै लागेको बेला सुरक्षा निकायलय बल प्रयोग गरे पछि ठुलो झडप भएको छ ।  सुरक्षा टोलीबाट अश्रुग्याँस प्रहार भई रहेको छ भने आन्दोलनकारीबाट ढुङ्गा हानहान भई रहेको छ । पत्रकारले त्यसको दृश्य खिच्न सक्ने समेत सकेका छैनन । भागदौड दुवै तर्फ चलेको छ ।

५ नम्वर प्रदेशको जिल्ला  घोषणा गरिएको वोर्ड हिजो सम्म गेटमा थियो भने आज प्रशासनको भित्रै अग्रभागमा लगेर टाँगिएको छ ।  जिल्ला प्रशासनको प्रतिकृया माग्दा प्रजिअ कृष्णप्रसाद ढुङ्गनाले फोन उठाएका छैनन् । ठुलो सख्यामा सुरक्षा निकाय थैनाथ गरिए पनि आन्दोलनकारीको घेरा तोडेर प्र.जि.अ. लगायतका कर्मचारी भित्र छिर्न सकेका छैनन् ।

यहाँका सवै शैक्षिक संस्था, यातायात सेवा, व्यापार व्यवसाय पुरै ठप्प पारिएको छ भने मेडिकल समेत बन्द गरिएको छ । आम हड्ताल आज देखि तिन दिन सम्मका लागि घोषणा गरिएको छ । यसबाट पनि सुनुवाई नभए सरकार विरुद्ध यो भन्दा पनि कडा आन्दोलन घोषणा गरिने चेतावानी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले दिएका छन् ।

सदरमुकाम वाहिरको आन्दोलन पनि आक्रमक बन्दै गएको छ  । सिमलटारी, मजुवा , वामीटक्सार , वलेटक्सार रिडी , यता पुर्कोटदह , ईस्मा लगायतका प्रमुख स्थानहरुमा विशाल विरोध सभा भई रहेका छन् । सिमलटारीमा बन्दको अवज्ञा गर्ने केहि व्यक्तिहरु संग हातपात समेत भएको स्थानिय सञ्चारकर्मी खड्ग नेपालीले जानकारी दिए । सदरमुकाममा भई रहेको झडवमा घाईतेको संख्या एकिन भई सकेको छैन् । भागदौड र ढुङ्गा हाना हानले स्थिती यो भन्दा अप्रिय बन्न सक्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव