पढ्न करिब 2 मिनेट लाग्छ

पौष ५, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद गणेश थापाले आफु सधै मकवानपुरको हकहितको निमित्त अग्रसर रहेको बताउनु भएको छ ।

पुर्बि मकवानपुरको छतिवन ८ राजदमारमा युवा मोर्चा द्धारा आयोजित कार्यक्रम लाइ सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको हो । उहाँले सबै राजनितीक दलहरु बिच भाषणको प्रतिसपर्धा नभई समाजसेवाको प्रतिस्पर्धा भए देश चाँडो विकास हुने र आफु विकासको प्रतिस्पर्धामा लागेको पनि बताउनु भयो ।

आफु चुनाव लड्नको लागि नभएर मकवानपुरको विकासको लागि समाजसेवामा लागेको भन्दै थापाले प्रतिस्पर्धाको राजनितीमा लाग्न सबै राजनैतिक दललाई चुनौती दिनुभयो । स्थानियको मागको सन्दर्भमा यथा सिघ्र पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै थापाले छतिवनको विकासमा आफु सदैब लागिरहने बताउनु भयो । कार्यक्रममा राप्रपा क्षेत्र नंम्बर १ अध्यक्ष रामराम अर्याल जिल्ला सचिव ज्ञानेन्द्र ढुंगेल स्थानिय निर्मल खड्का लागाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

यसैविच सोहि कार्यक्रमका विच बिभिन्न पार्टि परित्याग गरी सयौँ कार्यकर्ता राप्रपामा प्रबेश गरेका छन् । काग्रेस बाट दिल वहादुर दोङ, कुमार दोङ नारायण स्याङतान, मान वहादुर थिङ, एमाले बाट ठुलिमायाँ थिङ, फुलमायाँ बिक, डम्बर कुमारी विक माओवादी केन्द्रका सान्ताराम माझि,भरत बानियाँ, विश्व घलान लगाएत रहेको राप्रपाका जिल्ला प्रबक्त शुन्दर विक्रम शाहिले बताउनु भयो ।