पुस ७, भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी समूहले आज आयोजना गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजनालाई पक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ७, भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी समूहले आज आयोजना गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजनालाई पक"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार बन्दकर्ता पक्राउ, एक घाइते, गाडी तोडफोड

७ पुष २०७३, बिहीबार ०८:१०


पुस ७, भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी समूहले आज आयोजना गरेको उपत्यका बन्दका क्रममा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले भक्तपुरबाट चारजनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिकास्थित दोलखाली खाजाघरबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका १३ राधेराधेस्थित मध्य उपत्यकाको बा३ख २४६५ नंको मिनीबसमा बन्दकर्ताले ढुङ्गा हान्दा एकजना घाइते भएका छन् ।

चालीसजना सवार बसमा ढुङ्गा हान्दा मोरड कटारी घरभई हाल सल्लाघारी बस्ने वर्ष ३५ का राजेश माझीमा घाईते भइ स्थानीय नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले सोही स्थानमा बा.७ च २१५० नम्बरको कारमा आक्रमण गरी सिसा फोडेका थिए । 

प्रहरीले बन्दकर्तालाई पक्राउ गर्नथाले पछि बिहान ११ बजेदेखि भक्तपुरमा सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चलेका छन् । भक्तपुरमा बन्दको प्रभाव परेको छैन । यहाँका बजार, यातायात र सरकारी एवं सामुदायिक विद्यालय संचालन भइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह