१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्ः प्रधानमन्त्री

९ पुष २०७३, शनिबार ०८:३३

पुस ९, रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताउनुभएको छ । 

रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन) को आज शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक संविधान कार्यन्वयन हुन नदिनका लागि विभिन्न तत्वहरु लागि परेकाले सबै आन्दोलनलाई छोडेर वार्ता र सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो । 

नयाँ संविधान घोषणाका क्रममा केही कुरा छुटेकाले त्यसलाई पूरा गर्न सरकारले व्यवस्थापिका–संसद्मा संशोधन विधयेक दर्ता गराएको उल्लेख गर्दै उहाँले मधेसी, मुस्लिम, थारु, जनजातिलगायत पछाडि पारिएका समुदायको अधिकारलाई सुश्चित गर्न विधेयक दर्ता गराएको बताउनुभयो । 

उहाँले संविधान बन्नुभन्दा पहिले एमालेकै प्रस्तावअनुसारको विधेयक अहिले आफूले ल्याएकाले विरोधका लागि मात्र विरोध नगर्न नेकपा ९एमाले०लाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री दाहालले आफूहरु देशलाई आर्थिक रुपले समृद्ध बनाएर जनवादलाई पूरा गर्दै समाजवादतर्फ अगाडि बढ्ने तयारीमा रहेको बताउनुभयो । देश आर्थिक रुपले समृद्ध नभएसम्म विकास हुन नसक्ने भएकाले संविधान कार्यान्वयन गरेर आर्थिक समृद्धितर्फ लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

संविधान कार्यान्वयन नभए अहिलेसम्मका सबै उपलब्धि गुम्ने खतरा रहेकाले सरकारले तोकिएकै समयमा तीनै तहको निर्वाचन गराएर छोड्ने प्रधानमन्त्री दाहालको दाबी थियो । उहाँले जनयुद्धको उद्देश्य पूरा नभई अहिले एउटा बिसाउनीमा विश्राम गरिरहेकाले आफूहरुको यात्रा अझै जारी रहेकाले यात्रामा निरन्तर सहयोग गर्न रुकुमवासीलाई आग्रहसमेत गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प