Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बागचौर नगरमा विप्लब माओवादीको सम्मेलन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १२, सल्यान । जिल्ला सम्मेलन नजिकिदै गर्दा जिल्लाव्यापी अभियानमा हिडेको नेकपा माओवादीले जिल्लाका विभिन्न स्थानमा गाउ भेला तथा सम्मेलन गरिरहेको छ ।

आगामी पुस १९ र २० गते जिल्ला सम्मेलनको लागि मिती तोकेको विप्लव नेतृत्वको माओवादीले आज पनि विभिन्न स्थानमा भेला तथा सम्मेलन गरेको जनाएको छ । आज माओवादीले वागचौर नगरपालिकोको सम्मेलन गरेको छ । सम्मेलनले भद्र डिसी टाइगरको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला सेक्रेटरी डिल्लीराज शर्मा विश्वले एकिकृत क्रान्तीको निरन्तरतामा पार्टीका भेला सम्मेलन हरु गरेको बताएका छन ।

आफुले काठमान्डौमा फाल्गुण १ गते उद्घाटन गरेर थवाङ आएर ७ गते सम्म गर्ने आठौ राष्ट्रिय अधिवेशनले पार्टीलाई नयाँ उचाईमा पुर्याउने भन्दै आफ्नो सबै शक्ती त्यता केन्द्रित भएको बताएका छन । भ्रष्ट र दलाललाई कार्वाही गर्ने काम कुनै हातलमा नरोकीने बताएका विश्वले आफुलाई सरकारले हतोत्साहित पार्न कार्यकर्ता गिरप्तार गरिरहेको बताएका छन ।

कार्यक्रममा अर्का वक्ता सहसेक्रेटरी लोकपाल केसी ले सर्वोच्च अदालतमा सुरक्षाफौजका अगाडि त भ्रष्टाचारिलाई छाडिएन भने अन्य स्थानमा भ्रष्टाचार गर्नेहरुले चुरीफुरी नगर्न भनेका छन ।

त्यस्तै अभियानमै क्रियाशिल विद्यार्थी अध्यक्ष कमल वलीको समूहले विभिन्न विद्यालयमा संगठन निर्माण गरेको जनाएको छ । आज त्रिभुवन जनता मावि मार्केमा दिपेन्द्र कवरको अध्यक्षतामा ५५ सदस्यीय मावि इकाइ गठन गरेको अखिल क्रान्तिकारीका जिल्ला सदस्य टंक प्रकाश केसीले जनाएका छन ।

इकाईको उपाध्यक्षमा धन बहादुर रेउले र भिमी पुन मगर, सचिवमा शोभा बस्नेत, सहसचिवमा लक्ष्मी राना र  कोषाध्यक्षमा टीका पुन रहेका छन । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल वली, पार्टीका जिल्ला सदस्य जीवन पुन मगर लगायतको सहभागिता रहेको थियो ।