कमल रावल/पुस १४, अछाम । जिल्ला बिकास समिती अछामका योजना अनुगमन तथा प्रशासंकिय अधिकृत मित्र देब लम्सालले युवा चाहाना मात्र नराखि काम गरेर देखाउने शक्रि भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/पुस १४, अछाम । जिल्ला बिकास समिती अछामका योजना अनुगमन तथा प्रशासंकिय अधिकृत मित्र देब लम्सालले युवा चाहाना मात्र नराखि काम गरेर देखाउने शक्रि भएको "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा चाहाना मात्र नराखि काम गरेर देखाउने ब्यक्ति: लम्साल

२०७३, १४ पुष बिहीबार ०२:००


कमल रावल/पुस १४, अछाम । जिल्ला बिकास समिती अछामका योजना अनुगमन तथा प्रशासंकिय अधिकृत मित्र देब लम्सालले युवा चाहाना मात्र नराखि काम गरेर देखाउने शक्रि भएको बताउनु भएको छ । 

युवाहरुका लागि आयोजना गरिएको ३ दिने प्रस्तावना लेखन सम्बन्धी तालिमको समापन गर्दै लम्सालले युवाले चाहेर मात्र नभई ईच्छा शक्ति हासिल गर्न सक्रिय रुपमा संग्लनता जनाउनु पर्ने बताउनु भयो । प्रमुख अथिती समेत रहेका लम्सालले मेहनत विना काममा सफलता हासिल गर्न नसकिने भएकाले अब ब्याबहारमा मात्र नभई कागजी .रुपमा समेत आफु वलियो हुदै जानु पर्नेमा जोड दिनु भयो । 

आगामि दिनमा जिल्ला बिकास समितीको तर्फबाट आफु सहयोग गर्न तयार भएकाले सिकेका कुरा ब्यबहारमा युवाले लागु गर्नु पर्ने भनाई राखेका थिए । साथै उहाँले देश विकासका लागि विदेशि दातृ निकायको सहयोग अपेक्षा गरिहनु भन्दा आफै केहि गर्न सक्ने हुनु पर्ने उहाँको भनाई रहेको थियो । 

जिल्ला युवा संजाल अछामका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा युएनएफपिए अछामका प्रमुख भरत गोतामेले आफना कार्यक्रम युवा सँगै भएकाले नियमित सहकार्य, समन्वयका साथ युवा सँगै अघि बढने प्रतिबद्धता जनाएका थिए । तालिमका प्रशिक्षक पुष्प विक्रम शाहीले तालिम लिएर मात्र नभई जुन दिन प्रस्तावना पेश गरि उपलब्धी हासिल हुन सक्छ त्यो दिन मात्र उपलब्धी हासिल हुने बताएका थिए । 

कार्यक्रममा सहभागिको तर्फबाट पुरुष प्रेम बहादुर बुढा र महिला मेनुका ढुगानाले प्रस्तावना लेखन कार्यले आफुलै निकै आत्मबल बढाएकाले आगामि दिनमा ब्यबहारमा लागु गरेर अघि बढने प्रतिबद्धता जनाएका थिए । जिल्ला बिकास समिती अछामको आयोजना, युएनएफपिए अछामको सहयोगमा भएको तालिममा १५ जनाले सहभागिता जनाएका थिए । समापन कार्यक्रमको संचालन युवा संजाल अछामका सचिव कमल कुमार रावलले गर्नु भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी