पुस १६, गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थाम"/>
2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले भने- निर्वाचनका लागि तयारी अवस्थामा बस्नुहोस

पुस १६, गोरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । 

शनिबार कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रियामा गृहमन्त्री निधिले भने-, “स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्छ । आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय तह वा निकायको निर्वाचन गरिसक्छौँ ।” 

संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाउन सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको र संसद्बाटै पारित गर्ने उनले बताए । 

उनले भने-, “संसद्बाट संविधान संशोधन पारित गरेपछि निर्वाचनको मिति घोषणा हुन्छ । निर्वाचन कार्यालयहरुले मतदाता नामावली अद्यावधिक गर्नुहोला ।” 

उनले‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका निजी घर तथा सार्वजानिक भवन पुनःनिर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै निजी घर बनाउन अनुदान पाउन छुटेका भूकम्पपीडितलाई छिटो अनुदान दिइने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको समसामयिक अवस्थाबारे गृहमन्त्री निधिलाई जानकारी गराएका थियो । बूढीगण्डकीको मुआब्जा पुनरावलोकन, गोरखा दरबारको पुनःनिर्माण, दोस्रो किस्ता छिटो पठाउनुपर्ने तथा अनुदान पाउन छुटेका १६ हजार भूकम्पपीडितको गुनासो छिटो फस्र्याैट गर्नुपर्ने अवस्था रहेको प्रजिअले जानकारी गराए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल