२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलहरुबीच कुर्चीका लागि झगडा: डा भट्टराई

२०७३, २० पुष बुधबार १०:३१

पुस २०, पोखरा। नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाउनुभएको छ । 

नयँं शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा आजदेखि सुरु भएको “घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक धु्रवीकरण’’ विषयक कार्यक्रमलाई लेखनाथ नगरपालिकाको विद्युत्गृहमा आज सम्बोधनमा उहाँले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको बताउनुभयो । 

भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई त्यसबाट बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि बढ्न नसक्ने उल्लेख गर्दै संयोजक डा भट्टराईले ठूल्ठूला परियोजनामा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता ठूला आयोजना कहिल्यै पनि समयमै पूरा नहुने गरेको उदाहरण पेस गर्नुभयो । 

नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आपूmहरुले पत्ता लगाएको दाबी गर्दै उहाँले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयाँ शक्ति पार्टी लागेको छ र यो प्रणाली लागू हुनसक्यो भने देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । 

पार्टीले मङ्सिरदेखि जेठसम्म घरघरमा नयाँ शक्ति अभियानको कार्यक्रम शुभारम्भ गरेको जानकारी दिँदै उहाँले आगामी निर्वाचनमा नयाँ शक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हालेमा पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय डब्बल बनाउने दाबी गर्नुभयो । 

उहाँले पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको धारणा राख्नुभयो । 

नयाँ शक्ति पार्टी नेपाल कास्कीका संयोजक हेमबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं–४ का सदस्य कलावती शर्मा, सहसंयोजक शम्भू खाँती, मदन केसी, सौगात पोखरेललगायतका वक्ताले बोल्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी