राम नारायण पंडित/पुस २१, सिरहा । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/पुस २१, सिरहा । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायक"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युनतम समझदारीमा संबिधान संसोधन गर्नुपर्छ: कानुनमन्त्री

२१ पुष २०७३, बिहीबार १६:४१


राम नारायण पंडित/पुस २१, सिरहा । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायकले बताएका छन् । 

अहिले प्रस्ताब गरिएको संसोधन बिधेयकलाई मधेश केन्द्रित दलहरुले पनि सहयोग गरी तत्काल न्युनतम समझदारी गरेर भएपनि सहमती गर्नु पर्ने बताए । सरकार संबिधानलाई सर्बस्विकार्य बनाउन माँग अनुसार संसोधन गर्न तयार रहेको मन्त्रि नायकले दाबी गरे । 

विहिबार मिर्चैया नगरपालिकाको चौथों नगरपरिषदको उदघाटन गर्दै मन्त्रि नायकले स्थानिय निर्बाचन सबैको चिन्ताको बिषय बनेकोले स्थानिय निकायलाई सबल बनाउन निर्बाचन आबश्यक रहेको जिकिर गरे । देशमा बिदेशी चलखेल बढेकोले सबै शक्तिहरुले त्यसको सामना गर्नु पर्ने समेत बताए । यता, नगरपालिकाले चौथों नगरपरिषदले आर्थिक वर्ष २०७४/०७५ का लागि ११ करोड भन्दा बढीको प्रस्ताबित आयब्याय प्रस्ताव गरेको हो  । 


मिर्चैयाको मोहन उमाविमा भएको नीति, कार्यक्रम, बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत नगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ का लागि ११ करोड ३१ लाख २१ हजार ६ सय ८० रुपैयाको प्रस्तावित आयव्यय प्रस्तुत गरेको छ । यता, चालू आर्थिक वर्ष २०७२  र ०७३ तर्फ ९ करोड ९४ लाख २३ हजार १ सय ७२ रुपैयाँ आय र ७ करोड ८५ लाख २० हजार ६ सय ८० रुपैयाको व्याय प्रस्तुत गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन