पुस २२, रोल्पा । नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २२, रोल्पा । नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिबाङ नगरपालिकाको तेस्रो नगर परिषद् सम्पन्न

२२ पुष २०७३, शुक्रबार ०६:४९


पुस २२, रोल्पा । नेकपा एमालेका सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीसँगै मानवीय विकास अपरिहार्य भएको बताएका हुन् ।

विहिबार लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयले छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिए ।

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले राजनीतिक पार्टीका बीचमा फरक आस्था र विचार भएपनि जिल्ला बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए ।

नगरपरिषद्का क्रममा लिबाङ नगरपालिकाका कार्यकारी प्रमुख निमबहादुर केसीले आव २०७२/०७३ को यथार्थ आय चार करोड १३ लाख ९४ हजार २ सय ४६ तथा व्यय तीन करोड ९२ लाख तीन हजार ९ सय ८३ रुपैयाँ रहेको जानकारी दिए ।

केसीले २०७३/०७४ को संशोधित चालु तथा पुँजीगततर्फ आय नौ करोड ४४ लाख ४४ हजार र व्ययतर्फ नौ करोड ४४ लाख ४४ हजार रुपैयाँ रहेको जानकारी दिए ।

यस्तै, उनले आव २०७४/०७५ को चालु तथा पुँजीगततर्फ प्रस्तावित बजेट आय पाँच करोड ५४ लाख ७५ हजार र व्ययतर्फ आठ करोड ४६ लाख ३५ हजार विनियोजन प्रस्तुत गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह