दिनेश ठकुल्ला । पुस २६, धनगढी | नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले पाँच नम्बर प्रदेशका जनताको अभिमत अनुसार प्रदेशको सीमाङ्कन गर्नु पर्ने बताउनुभएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस २६, धनगढी | नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले पाँच नम्बर प्रदेशका जनताको अभिमत अनुसार प्रदेशको सीमाङ्कन गर्नु पर्ने बताउनुभएको छ ।&nbs"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको अभिमत अनुसार पाँच नम्बर प्रदेशको सीमाङ्कन: डा. महत

२०७३, २६ पुष मंगलवार ११:१२

दिनेश ठकुल्ला । पुस २६, धनगढी | नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले पाँच नम्बर प्रदेशका जनताको अभिमत अनुसार प्रदेशको सीमाङ्कन गर्नु पर्ने बताउनुभएको छ । 

धनगढीमा  आज आयोजित काङ्ग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएको नेता महतले सो कुरा बताउनुभएको हो । उहाँले  काँग्रेसले लिएको आर्थिक उदार नीतिमा अहिले सबै दलहरु आउनु परेको बताउनभयो ।  

पूर्व अर्थमन्त्री डा. महतले काङ्ग्रेसले अगुवाई गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीतिमा सवै दलहरु आउनु परेकोले नेता कार्यकर्ताले शिर ठाडो  गरेर पार्टीको संगठनमा लाग्नु पर्ने बताउनुभयो ।  २०४८ देखि काङ्ग्रेसले अघि सारेको आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटक पटकको राजनीतिक अस्थिरताका बावजूत देशको अर्थ व्यवस्था टिकेर बसेको दावी उहाले गर्नुभयो । काङ्ग्रेसका नेता एवं बन तथा भू–संरक्षण र राज्य मन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर संगठनमा लाग्नु पर्ने बताउनुभयो । काङ्ग्रेसका अर्का नेता एवं सांसद रामकृष्ण यादवले एमाले र मधेशी मोर्चाको अतिवादमा अहिले देश फसेको दावी गर्दै यसलाई निकास दिन कांग्रेस सक्षम रहेको बताउनु भयो । 

कार्यक्रममा सांसद व्दय पुष्करनाथ ओझा, चन्द्रा जोशी लगायतले पनि बोल्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस