१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्र गुल्मीको पुरै शक्ती स्थानिय तहको निर्वाचनमा, २२ र २३ गते जिल्ला सम्मेलन

२६ पुष २०७३, मंगलवार ११:३६

प्रेम सुनार | पुस २६, गुल्मी | सोमबार वसेको माओवादी केन्द्र गुल्मी जिल्ला संगठनको पुर्ण बैठकले गरेका निणर्यहरु आज सो पार्टीले प्रेश विज्ञप्ती मार्फत सार्वजानिक गरेको छ ।

सो पार्टीका पोलिव्युरो सदस्य तथा जिल्ला पार्टी ईञ्चार्ज दिनेश पन्थीको अध्यक्षता र केन्द्रिय कमिटी सचिव तथा पुर्व अर्थमन्त्री वर्षमान पुन ( अनन्त ) को प्रमुख आतिथ्यतामा वसेको बैठकले फागुन २२ र २३ गते सदरमुकाम तम्घासमा भव्य रुपमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस पुर्व माघ ७ गते भित्र नयाँ सदस्यता वितरण र नविकरण गरी सक्ने , माघ २० गते सम्म सविकको गाउँ कमिटी र प्रस्तावित गाउँ पालिकका वडा स्तरको संगठन निर्माण गर्ने , फागुन १० सम्म  प्रस्तावित १० वटै गाउँ पालिका र २ वटा नगरपालिकाको सम्मेलन गरी सक्ने निर्णय समेत सो पार्टीले गरेको छ ।

सम्मेलनलाई भव्य रुपमा सफल पार्न जिल्ला ईञ्चार्ज तथा पोलिटव्यरो सदस्य दिनेश पन्थीको संयोजकत्वमा राजनैतिक तथा सागठानिक प्रतिवेदन तयार पारिने छ । सह ईञ्चार्ज सुदर्शन वरालको संयोजकत्वमा आर्थिक विभाव गठन गरिएको छ ।

प्रचार प्रसार विभाग युवराज केसीको संयोजकत्वमा गठन गरिएको छ । व्यवस्थापन समिति अर्का केन्द्रिय सदस्य बुद्धि जिसीको संयोजकत्वमा गठन गरिएको छ । स्वयम् सेवक परिचालन समिति वाईसियलका केन्द्रिय सदस्य नोखबहादुर पौड्यालको संयोजकत्वमा , सांस्कृतिक विभाग  अशोक थापाको संयोजकत्वमा र अनुशासन विभाग वेगमबहादुर चन्दको संयोजकत्वमा गठन भएको प्रचार प्रसार विभागका संयोजक युवराज केसीले जानकारी दिए ।

नयाँ संरचनामा नयाँ ढंगले निर्वाचनमा जाने

यसै विच नेकपा माओवादी केन्द्र  अव बन्ने स्थानिय निकायको नयाँ संरचनामा नयाँ ढंगले निर्वाचनमा  जाने निर्णय हिजो बसेको बैठकले गरेको जनाएको छ । ‘

‘गाउँ–नगर घर–घर जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं’ भन्ने मुल नाराका साथ स्थानिय तहको निर्वाचनमा जाने गरी  कार्यकर्ताहरु खट्न केन्द्रिय कमिटीका सचिव तथा पुर्व अर्थमन्त्री वषामान पुनले निर्देशन दिएको बताईएको छ ।

जेठ भित्रमा पार्टी केन्द्रले स्थानिय तहको निर्वाचनको वातवरण तय गर्न  लागेको बताउँदै त्यही अनुसार कार्यकर्ता गाउँ गाउँ घर घरमा पुग्न निर्देशन दिएको प्रचार प्रसार विभागका संयोजक युवराज केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह