कमल रावल/पुस २६, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान शंशोधन बिधेयक कुनै पनि हालतमा पास नहुने बताउनु भएको छ । 

प्रेस चौतारी नेपाल जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/पुस २६, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान शंशोधन बिधेयक कुनै पनि हालतमा पास नहुने बताउनु भएको छ । 

प्रेस चौतारी नेपाल जिल्ला "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संसोधन प्रस्ताब कुनैपनि हालतमा पास हुँदैन: भीम रावल

२०७३, २६ पुष मंगलवार १४:१५

कमल रावल/पुस २६, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान शंशोधन बिधेयक कुनै पनि हालतमा पास नहुने बताउनु भएको छ । 

प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा सदरमुकाम मंगलसैनमा भएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गर्नुभयो । 

प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको र त्यसो नभएमा स्वतः निष्क्रिय हुने भन्दै संविधान शंशोधन संविधान र संसदीय मान्यता विपरित रहेको तथा संविधान विपरित गए आफ्नो पार्टीको बिरोध रहने उहाँको भनाई छ । 

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले एमाले ३ वटै निकायको चुनावका लागि तयार रहेको भन्दै सरकाले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग गर्नुभयो । 

२०७४ माघ ७ गतेभित्र तीनओटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने भन्दै अहिले सरकार चुनावको मिति घोषणा नगरि देशमा रिक्तता उत्पन्न गरी आफ्नो आयु बढाउन लागेको हो कि भन्ने शंका रहेको बताउनु भयो । 

अहिले संविधानको कार्यान्वयन गरी सबै जात जाती, भाषा, समुदायका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बेला भएको भन्दै एमाले उपाध्यक्ष रावलले संविधानमा सबैका अधिकार सुनिश्चि रहेका बताउनु भयो । 

संविधान शंशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको उहाँको आरोप छ । देशको स्वाधिनता, अखण्डता, एकतामा संविधान संशोधन प्रस्तावले आँच पु¥याएको भन्दै आफु लगायतका ९ दलले बिरोध गरेको भन्दै संसदीय मूल्य र मान्यताको चर्कौ स्वरमा वकालत गर्ने कांग्रेस माओवादीले सबै विपक्षि दलको बिरोधका बाबजुत शंशोधन बिधेयक पेश गरेको भन्दै यो व्यवस्थापिका संसदको नियमावली विपरित भएको बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी