प्रेम सुनार/पुस २९, गुल्मी । अघिल्लो दिन गृहमन्त्रीको राजिनामा माग गर्ने गुल्मीका आन्दोलनकारीले अर्को दिन गुल्मी आएका उनै गृहमन्त्रीलाई नतमस्तक हुँदै फुलमाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/पुस २९, गुल्मी । अघिल्लो दिन गृहमन्त्रीको राजिनामा माग गर्ने गुल्मीका आन्दोलनकारीले अर्को दिन गुल्मी आएका उनै गृहमन्त्रीलाई नतमस्तक हुँदै फुलमाल"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्घाखाँची आन्दोलनबाट गुल्मीलेलीले सिक्नु पर्ने पाठ

२०७३, २९ पुष शुक्रबार ०६:१५


प्रेम सुनार/पुस २९, गुल्मी । अघिल्लो दिन गृहमन्त्रीको राजिनामा माग गर्ने गुल्मीका आन्दोलनकारीले अर्को दिन गुल्मी आएका उनै गृहमन्त्रीलाई नतमस्तक हुँदै फुलमाला र खादा लिएर स्वागत सत्कार गर्न पुगेका थिए ।

भाडगाउँमा काग्रेस नेता चन्द्र केसीको पितृशोकमा सहानुभुति प्रकट गर्न आएका  गृहमन्त्री विमलेन्द्र निधीले त्यो शोकको वेला ५ नम्वर प्रदेश टुक्राउने विषयमा बोल्नै  नहुने विषय हो । तर पनि उनि सहानुभति दिन आएको वाहनामा भाषण अवधीभर खुलेरै पाँच नम्वर प्रदेश टुक्रिएर छाड्छ भनेर आफ्ना  कार्यकर्ता मार्फत गुल्मी जिल्लावासीलाई चुनौती दिएका थिए ।

यहाँ सम्मकी संयुक्त जनआन्दोलन  परिचालन समितिका सभापति भुवनप्रसाद श्रेष्ठले मन्तव्यका क्रममा पाँच नम्वर प्रदेश टुक्राएर कसलाई खुशी पार्दै हुनुहुन्छ ? भनेर भन्दा मञ्चमा मुस्कुराउँदै आशिन उनै गृहमन्त्रीले आक्रोषपुर्ण मुद्रामा आफ्नो छातीमा औंला राख्दै ‘म आफुलाई खुशी पार्न ’ भनेर अर्को चुनौती दिदा समेत कोही चुँ गरेर बोलेनन् ।

गृहमन्त्री निधी त वरु तराईवासीँ हुन । तर नेपाली सेनाको हेलिकप्टर प्रयोग प्रयोग गरेर व्यक्तिगत काममा आएका  रक्षामन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँड लुम्विनीवासी हुँदाहुँदै पनि उनले घुमाउरो भाषामा म वरु लुम्विनी छाड्न सक्छु , तर ५ नम्वर प्रदेश टुक्राउने काँग्रेसले गरेको निर्णय विपरित जान सक्दींन भनेर भन्दा समेत कसैले मुख खोल्न  सकेनन् ।

अर्का कांग्रेस नेता शंकर भण्डारी लगायत जो जो केसीको पितृशोकमा साहनुभुति दिने वाहनामा आएका थिए  उनिहरुको अभिष्ट भनेकै गुल्मी आन्दोलन मत्थर पार्ने दुष्प्रयास थियो ।

त्यति वेला कांग्रेसजन त आफ्ना नेताहरु प्रति नतमस्तक बन्यो बन्योा तर विपक्षी नेकपा एमालेका कार्यकर्ताहरुले उनिहरुलाई टाढैबाटा भए पनि कालो झण्डा देखाउन खुट्टा कमाए । 

संवेदनशिल विषयमा आएको हुनाले विरोध गरिएन भनेर नेपाली कांग्रेसका सभापति एवं आन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले भनि रहँदा गृहमन्त्री लगायतका ति कांग्रेस नेतालाई पनि त्यस्तो संवेदनशिल क्षणमा आएको वेला र यता आन्दोलनले गुल्मी तातिरहेको बेला , कृष्ण पाण्डे जस्ता युवा तिनै गृहमन्त्रीका मान्छेहरुको अश्रुग्याँस लाठीले अस्पतालको शैयामा बसी रहेका वेला ५ नम्वर प्रदेश टुक्राउन खुलेरै चुनौती दिन पनि उनिहरुलाई छुट थिएन् ।  किन छुट दिईयो ?

हिजोा अर्घाखाँचीमा माओवादी नेता डिलाराम आचार्यले ५ नम्वर प्रदेशवासीको भावना विपरित दुई शव्द मात्रै के उच्चारण गरेका थिए । ओईरिए अर्घाखाँचीवासीहरु । भागे उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरण , सातोपुत्लो गयो नेता आचार्यको ।

ल जसले गर्दा केन्द्रमा आन्दोलनको सवै भन्दा ठुलो धक्का दिन सफल भए अर्घाखाँचीवासीरु । कांग्रेस कै नेता विमलेन्द्र निधीले ५ नम्वर प्रदेश टुक्राउन मुख्य भुमिका निभाउँदै आएको उनको अभिव्यक्तिले प्रष्ट पारेको छ ।

उनि पछि सत्ताको नेतृत्व गरी रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन .( अनन्त ं) पनि गुल्मीको सदरमुकाममै आएर आफ्ना कार्यकर्तालाई ५ नम्वर प्रदेश टुक्राउने विषयमा दिनैभर प्रशिक्षण दिएर गए  । पत्रकार सम्मेलन समेत उनले गरे । तर उनको विरोधमा विपक्षीहरु त्यसममा पनि आन्दोलनको अगुवाई गरेकाहरु चुँ गरेर वोलेनन् ।

यसरी सत्तारुढ दलका नेताहरु आउँदै जनभावना विपरित वोल्दै जाँदै गर्न दिने । अनि उनिरु केन्द्रमा पुगी सके पछि सडकमा उनिहरुलाई राष्ट्रघाती भनेर क्ुर्लिनेहरुले अर्घाखाँची आन्दोलनको रणनितीलाई पछ्याउनै पर्दछ ।

खास राष्ट्रघात कहाँबाट कसले सुरु ग¥यो ? र  त्यसको अगुवाई कसले गरेको छ ? यसको समिक्षिा गर्न जरुरी छ । वदलाको भावना लिएर कुनै अमुख दललाई मात्र राष्ट्रघाती भन्नु गलत हुने छ ।

पाहडबाट तराई टुक्राउने सरकारको तर्फबाट बढि जोड गरेका छन भने उनै गृहमन्त्री एवं कांग्रेस नेता निधीले गरेका छन भन्ने प्रष्ट हुँदाहुँदै किन सडकमा कांग्रेस र निधी जस्ता मन्त्रीहरुको विरोध हुँदैन् ? राष्ट्रियता र माटोको लडाई हो भने आफ्नै दल र नेताको पनि चर्को विरोध गर्न र उस्तै परे पार्टी छाड्ने छोडपत्र हातमा लिएर हिड्ने हिम्मत राख्न सक्नु पर्दछ । अव प्रचण्डको मात्र होईन कांग्रेस सभापति शेरबहादुर देउवा , विमलेन्द्र निधीको पनि पुत्ला जलाउन र दलको नेताबाटै कांग्रेसजनले राजिनामा माग्न सक्नु पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ