माघ २, पोखरा | उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । 

स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २, पोखरा | उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । 

स्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ– उपप्रम महरा

२ माघ २०७३, आईतवार ०९:५७


माघ २, पोखरा | उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । 

स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै उनले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए । 

पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव मूर्तिसहितका संरचनामा सरकारले सहयोग गर्ने उल्लेख गर्दै उनले विकास निर्माणमा राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्य आवश्यक हुनेमा जोड दिए । 

प्राकृतिक सौन्दर्य नगरी पोखरामा रहेका प्राकृतिक स्रोतको भरपुर उपयोग गरेर थप पर्यटकीय गन्तव्य निर्माण गर्नुपर्ने बताउँदै उनले आन्तरिक एवम् बाह्य पर्यटन प्रबद्र्धनले स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने बताए । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले एक विदेशी पर्यटक बराबर १२ जनाले रोजगार पाउने बताउँदै विशाल महादेवमूर्ति स्थापनाले पर्यटकको एक दिनको बसाइँ लम्ब्याउन सहयोग पुग्ने बताए । 

पुम्दीकोट विशाल महादेवमूर्ति निर्माण तथा उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले ‘समृद्धि र विकास बेरोजगारी र विदेश पलायनको निकास’ भन्ने लक्ष्यका साथ सुरु गरिएको धार्मिक एवम् पर्यटकीय क्षेत्र निर्माणमा सरकारी पक्षबाट उचित सहयोगको अपेक्षा गरिएको बताए । 

समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइमा रहेको लगभग १८ रोपनी क्षेत्रफलमा फैलिएको सो कोटमा महादेवकोमूर्ति, योगसाधना कक्ष, बगैचा बन्ने भएको छ । विगतमा लगभग रु २१ करोड लाग्ने अनुमान भए पनि पछिल्लो समयको मूल्यवृद्धि लगायतका कारणले लागत बढ्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह