दान बहादुर बुढा/माघ ३, मुगु । रक्षा मन्त्री बालकृष्ण खाँण,भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक र सहकारी तथा गरिवी निवारण मन्त्री हिदयराम धानील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/माघ ३, मुगु । रक्षा मन्त्री बालकृष्ण खाँण,भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक र सहकारी तथा गरिवी निवारण मन्त्री हिदयराम धानील"/>

2026-06-26 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तिन मन्त्रीले गमगढी नाक्चेलाग्ना सडक हेलिकप्टरबाट अनुगमन

2017-01-16


दान बहादुर बुढा/माघ ३, मुगु । रक्षा मन्त्री बालकृष्ण खाँण,भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक र सहकारी तथा गरिवी निवारण मन्त्री हिदयराम धानीले आज मुगु जिल्लामा रहेको उत्तरी नाका जोडने निमार्णाधिन नाक्चेलाग्ना सडकको हवाई निरिक्षण गर्नु भएको छ ।

कुल ८६ किलोमिटर दुरी रहेको यो सडक सडक डिभिजन कार्यालय जुम्लाले निमार्ण शुरु गरेको ७ बर्षमा १५ कि.मी मात्र ट्रयाक खुल्ला भएको छ । कछुवाको गतीमा कामको गती लिएपछि यो नाका खोल्न मुगुबासीहरुले पटक पटक मन्त्रालयसम्म धाउन थालेपछि तिन मन्त्रीले  हवाई हेलिकप्टेर बाट अनुगमन तथा  निरिक्षण गर्न मुगुको डोल्फु गाबिसको चितैकुना सम्म हेलिकप्टेरमा पुग्नु भएको हो ।

हवाई निरिक्षण पश्चात जिल्ला विकास समितीको हलमा नेपाली काँगे्रस मुगुले आयोजना गरेको गमगढी नाक्चेलाग्ना सडक खण्ड परियोजना अन्तरकृया कार्यक्रममा तिनै मन्त्रीहरु सहभागी भएका थिए ।

गमगढी नाग्चे लाग्ना सडक प्रदेश नं ६ को उत्तरी नाका जोडने सबै भन्दा नजिक र सजिलो खण्ड भएकाले केहि भागमा परियोजना मार्फत र केहि अप्ठारा खण्डहरुमा नेपाली सेनालाई निमार्णको जिम्मा दिनु पर्ने प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जिल्लाको वस्तु स्थिती बारे जानकारी गराउदै बताउनु भयो ।

गमगढी नाग्चे लाग्ना सडकको कुल ८६ किलोमिटर दुरी मध्य ३४ किलो मिटरको मात्र डिपिआर भएको र बाँकी ५२ किलो मिटर दुरीको डिपिआर गरेर यो बर्ष भित्रमा ठेक्का खोल्ने योजना विभागको रहेको सडक विभागका निर्देशक देवेन्द्र कार्कीले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथीका रुपमा रहनु भएका भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यो सडक उत्तर दक्षिण सडक शिर्षकमा राखेर समय मै सम्पन्न हुन सक्दैन भनेर नै सरकारले विषेश परियोजना स्थापना गरेर विषेश तरिकाले काम गर्न मन्त्री परिषदबाट पास गरेकाले बताउनु भयो ।

कर्णालीमा भोग,रोग,सोग,अशिक्षा वेरोजगार भएता पनि यहाँ रहेका प्राकृतिक सम्पदा,पर्यटकिय स्थलहरुका कारण यहाँको भविष्य उज्वल रहेको विश्वको आखा तान्ने सम्पती रहेको बताउनु भयो । उहाँले यो क्षेत्रमा रहेका नाक्चेलाग्ना र हिल्सा सडक खण्डमात्र बनाउन सकेमा भारत र उत्तर चिन संगको व्यापारले गती लिने बताउनु भयो ।

नाग्चेलाग्ना परियोजना कार्यालय सदरमुकाम गमगढीमा यथाशिघ्र स्थापना गर्ने, ५२ कि.मी सडकको यो बर्ष भित्रमा डिपिआर गरि ठेक्का खोल्ने, नेपाली सेनालाई कनै असजिलो खण्ड जिम्मा दिएर सडक छिटो बन्छ भने त्यो निर्णय गर्न मन्त्रालय तयार हुने र यो सडक निमार्णमा रकम अभाव हुन नदिने मन्त्री लेखकले नाक्चेलाग्ना सडक गती दिन चार प्रतिवद्घता समेत अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नु भयो ।

रक्षा मन्त्री बालकृष्ण खाँणले गमगढी नाक्चेलाग्ना सडक निमार्णमा कतै नेपाली सेना आवश्यकता महशुस भएमा सरकारले जिम्मा दिएको जस्तोसुकै काम गर्न सेना तयार रहेने बताउनु भयो ।

उहाँले भैरहवा अन्तराष्टिय विमान स्थल २ बर्षमा सम्पन्न हुने र आगामी दिनमा लुम्विनी आउने पर्यटकलाई रारा ताल सम्म जाने वातावरण बनाउन लुम्विनी र कर्णालीलाई जोडन आफनो विषेश प्रयत्न रहने बताउनु भयो ।

देशका अन्य प्रदेश दक्षिण संग जोडिएकाले व्यापार सहज छ तर ६ नं प्रदेश दक्षिणसंग नजोडिनु र उत्तरी नाकासम्म सडक संजालले नजोडेकाले यो प्रदेश संघियसंरचनामा झनै गरिव हुने भएकाले अन्य नाका भन्दा छोटो र सहज रहेको भएकाले नाक्चेलाग्ना सडक निमार्णमा सरकारले कुनै पनि कसुर बाँकी राख्न नहुने सहकारी तथा गरिवी निवारण मन्त्री हिदयराम थानीले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ