माघ ४, कञ्चनपुर | सोमबार बेलौरी नगरपालिकाको वडा समायोजनको विषयलाई लिएर नेकपा एमालेका नेता पल्लव राज भट्ट माथि हात पात गरिएको छ । बेलौरी नगरपालिकामा वडा समायोजनको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, कञ्चनपुर | सोमबार बेलौरी नगरपालिकाको वडा समायोजनको विषयलाई लिएर नेकपा एमालेका नेता पल्लव राज भट्ट माथि हात पात गरिएको छ । बेलौरी नगरपालिकामा वडा समायोजनको"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कांग्रेस निकट कार्यकर्ताबाट एमाले नेता भट्ट कुटिए

४ माघ २०७३, मंगलवार ०२:३६

माघ ४, कञ्चनपुर | सोमबार बेलौरी नगरपालिकाको वडा समायोजनको विषयलाई लिएर नेकपा एमालेका नेता पल्लव राज भट्ट माथि हात पात गरिएको छ । बेलौरी नगरपालिकामा वडा समायोजनको विषयमा बोलाईएको बैठकमा सहभागि हुन गएका नेता भट्टलाई नेपाली काग्रेस निकट कार्यकर्ताहरुले हातपात गरेको एमाले नेता भट्ले बताउनु भयो । उनले भने मँ नगरपालिकामा भित्र प्रवेश गदै गर्दा आफु माथि काग्रेसका कार्यकर्ताहरुले आक्रमक शैलीमा कुटेको बताए । 

भट्ट अनुसार यस अगाडि नगरपालिकामा सबै दलका प्रतिनिधिले १५ वटा वडालाई १० वडामा समायोजन गर्ने भनि सहमति भएको र हस्ताक्षर गरी जिल्ला विकास समितिलाई बुझाएको तर पछि आफुहरुलाई सहमतिको निणर्यको बारेमा थाहा नपाएको भन्दै अरु दलका पार्टि प्रतिनिधिले भने पछि मलाई एक्लै निणर्य गरेको भनि आरोप लगाए, मैले त्योसो हैन भने पछि मलाई लखेट्दै-लखेट्दै कुटेको उनले बताए ।

यस्तै उता पट्टी नेपाली काग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं वडा समायोजन संघर्ष समितिका संयोजक गोवि प्रसाद उपाध्यायल भने पल्लव भट्टले निणर्यको प्रस्ताव बोर्ड बैठकमा ल्याएको र त्यसमा कुनै पनि पार्टीका प्रतिनिधि सहमत नहुदा नहुदै पनि जिल्ला विकास समिति मार्फत स्थानिय तह पुनसंरचना आयोगमा फर्जि हस्ताक्षरको कागज बनाई पाठाईएको भन्दै आफुहरुले नकुटेको तर जनताले कुटपिट गरेको बताए । उहाले भने कुटपिट एकै पक्षबाट नभएको तर दुवै पक्षले हातपात गरेको बताए ।

उता यसरी दुवै पक्षले आफुहरुमा माथि हातपात भएको भन्दै ईलाका प्रहरी कार्यालय बेलौरीमा आवश्यक कार्वाहीका लागि निवेदन दर्ता भएको र घटनाको बारेमा थप अनुसान्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज किशनानन्द भट्टले जानकारी दिनु भयो । 

नेता भट्ट माथि हातपात भए पछि सोमबार नगरपालिकाको सभा कक्षमा बस्ने भनिएको वडा समायोजनको विषयमा बैठक समेत निष्कर्ष विहिन बनेको बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन सिह कार्कीले जानकारी दिनु भयो । मैसिर १४ गते बसेको सर्ब दलिय सर्व पक्षिय बैठकले निणर्य गरी सबैको सहमतिमा स्थानिय तह पुर्नरसंरचना आयोगमा नगरपालिकाले निर्णय पठाईएको कार्यकारी अधिृत कार्कीले जानकारी दिनु भयो । 

यसरी बेलौरी नगरपालिकामा प्रतिनिधित्व गर्ने अन्य पार्टीका नेताहरुले हामिहरुलाई झुक्याएर एमाले नेता भट्टले फर्जि कागजी निणर्य गरी आयोगमा पठाएको बताउदै आएका छन् । नगरपालिका भित्र रहेका १५ वटै वडा कायम हुनु पर्छ भन्दै केहि दिन अगाडि नेपाली काग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति उपाध्याय लगात हस्ताक्षेरित एक ज्ञापन पत्र बेलौरी नगरपालिका मार्फत  नेपाल सरकार स्थानिय तह पुर्नसंरचना आयोगलाई पठाएको छ । उक्त ज्ञापन पत्र मार्फत १५ वटा यथावत हुनु पर्ने र वडा समायोजन गरिएमा जनता कडा आन्दोलन गर्ने समेत भनिएको छ । यसरी वडा समायोजनको विषयलाई लिएर हात पात भए पछि नेपाली काग्रेस र एमाले विच बेलौरी नगरपालिकामा प्रतिनितिधत्व गर्ने  दलहरुमा विवाद चर्किएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली