१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै आन्दोलन

६ माघ २०७३, बिहीबार ०८:२७

माघ ६, रुकुम । स्थानीय तह पुनःसंरचना गर्दा आफ्नो गाविसमा गाउँपालिकाको केन्द्र नभएको भन्दै पूर्वी रुकुमको तकसेरावासी आन्दोलित भएका छन् । 

आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा तकसेरामा केन्द्र नभएपछि उनीहरुले आज जिल्ला विकास समितिको कार्यालय परिसरमा तीन घन्टा नाराबाजीसहित प्रदर्शन गरेका छन् । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रस्तावित पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र कोल गाविसमा प्रस्ताव गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक समितिले नै आफूहरुलाई अन्याय गरेकाले आन्दोलन गर्नुपरेको आन्दोलन समितिका संयोजक जुद्ध बुढा मगरले जानकारी दिनुभयो । 

आयोगको कार्यविधि र मापदण्ड विपरीत गाउँपालिकाको केन्द्र तकसेराबाट अन्यत्र बनाइएको उहाँको आरोप रहेको छ । तकसेरामा गाउँपालिकाको केन्द्र नबनाएसम्मका लागि यहाँका सबै राजनीतिक दलका सदस्यहरुले सामूहिक राजीनामा समेत दिएका छन् । साथै उनीहरुले तकसेरामा केन्द्र नभएसम्म त्यहाँ निषेधित क्षेत्र घोषणा गरेका छन् । 

यता स्थानीय तह पुनःसंरचना प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले आफूहरुले जिल्लाका गाउँपालिका र नगरपालिकाको केन्द्र कुनै पनि ठाउँमा नतोकेको बताउनुभयो । 

जिल्लामा हुने स्थानीय तहका लागि कुनै पनि ठाउँमा केन्द्र नतोकिएको र कुन गाउँ वा नगरपालिकाको केन्द्र कहाँ छ भन्ने कुराको समेत आफूहरुलाई आधिकारिक रुपमा कुनै जानकारी नरहेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह