राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै रा"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेशलाई विखण्डित गर्न चाहने सबै मधेशका बैरी हुन्: प्रचण्ड

९ माघ २०७३, आईतवार १३:२२


राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै राजनीतिक दलहरुसँग समझदारीको प्रयास भइरहेको बताएका छन् । 

प्रधानमन्त्री प्रचण्डले मधेशलाई बर्बाद गर्न चाहने, विखण्डित गर्न चाहने सबै मधेशका बैरी भएकोले तिनीहरुको प्रतिवाद गर्न मधेशी जनतालाई आग्रह गरे । देशलाई एकीकृत पारेर मात्र विकास र पहिचानका मुद्दालाई दरिलो पार्न सकिने भन्दै प्रधानमन्त्रीले मधेश विना पहाडको कल्पना र पहाडविना मधेशको अस्तित्व स्वीकार गर्न नसकिने जिकिर गरे । 

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्रि विश्वनाथ साहकी आमा सागरदेवी साहको १३ औं दिनको पूण्यतिथीको अवसरमा सिरहाको गोलबजारमा आज (आईतबार) आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रि प्रचण्डले संविधान संशोधनले दलित, मधेशी, थारु, आदिवासी जनजाति सहित मधेश, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएपनि शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेश केन्द्रित दलहरुको मुद्दालाई चाँडो भन्दा चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्न सरकारसँग माग गरे । 

यसैगरी प्रधानमन्त्रि प्रचण्डले गोलबजार ३ जम्दहस्थित तेतरियाको पर्यटकीय स्थल कुम्भीखाँडी दह क्षेत्रको मरम्मत तथा संरक्षण कार्यको शिलान्यास पनि गरे । उक्त पर्यटकीय स्थलको लागि चालु आर्थिक वर्षमा सरकारले दुई करोड ३५ लाख बजेट विनियोजन गरेको बताइएको छ । 

यसअघि प्रधानमन्त्री प्रचण्डले सिरहाको वस्तीपुरमा द्वन्द्वकालिन अवस्थामा शहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह