राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै रा"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेशलाई विखण्डित गर्न चाहने सबै मधेशका बैरी हुन्: प्रचण्ड

२०७३, ९ माघ आईतवार १३:२२


राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै राजनीतिक दलहरुसँग समझदारीको प्रयास भइरहेको बताएका छन् । 

प्रधानमन्त्री प्रचण्डले मधेशलाई बर्बाद गर्न चाहने, विखण्डित गर्न चाहने सबै मधेशका बैरी भएकोले तिनीहरुको प्रतिवाद गर्न मधेशी जनतालाई आग्रह गरे । देशलाई एकीकृत पारेर मात्र विकास र पहिचानका मुद्दालाई दरिलो पार्न सकिने भन्दै प्रधानमन्त्रीले मधेश विना पहाडको कल्पना र पहाडविना मधेशको अस्तित्व स्वीकार गर्न नसकिने जिकिर गरे । 

नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्रि विश्वनाथ साहकी आमा सागरदेवी साहको १३ औं दिनको पूण्यतिथीको अवसरमा सिरहाको गोलबजारमा आज (आईतबार) आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रि प्रचण्डले संविधान संशोधनले दलित, मधेशी, थारु, आदिवासी जनजाति सहित मधेश, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएपनि शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेश केन्द्रित दलहरुको मुद्दालाई चाँडो भन्दा चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्न सरकारसँग माग गरे । 

यसैगरी प्रधानमन्त्रि प्रचण्डले गोलबजार ३ जम्दहस्थित तेतरियाको पर्यटकीय स्थल कुम्भीखाँडी दह क्षेत्रको मरम्मत तथा संरक्षण कार्यको शिलान्यास पनि गरे । उक्त पर्यटकीय स्थलको लागि चालु आर्थिक वर्षमा सरकारले दुई करोड ३५ लाख बजेट विनियोजन गरेको बताइएको छ । 

यसअघि प्रधानमन्त्री प्रचण्डले सिरहाको वस्तीपुरमा द्वन्द्वकालिन अवस्थामा शहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस