माघ ११, पोखरा । नेकपा (एमाले)को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ । 

पार्टी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ११, पोखरा । नेकपा (एमाले)को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ । 

पार्टी"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० बुँदे घोषणापत्र जारी गर्दै सकियो एमालेको राष्ट्रिय भेला

२०७३, ११ माघ मंगलवार १०:५६


माघ ११, पोखरा । नेकपा (एमाले)को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ । 

पार्टीका सचिव योगश भट्टराईले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँदै संविधानको रक्षा, संवद्र्धन र कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताए । 

घोषणापत्रमा संविधानको कार्यान्वयनमा पार्टी प्रतिबद्ध छ भन्दै यसको संशोधन भन्दा शीघ्र कार्यान्वयनका लागि लाग्नु आवश्यक भएको उल्लेख गरिएको छ । 

विसं २०७४ माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक सीमालाई ख्याल गर्दै तीनवटै तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न र निर्वाचनका लागि तत्काल अत्यावश्यक कानुनी प्रबन्ध मिलाउन पनि माग गरिएको छ । 

संविधान संशोधनका नाममा सरकारले सुरु गरेको तराईवासी–मधेसी र पहाडी समुदायबीच सामाजिक सदभाव बिगार्ने कार्यको भत्र्सना गर्दै संविधान संशोधनको प्रस्ताव तत्काल फिर्ता लिन माग गरिएको छ । 

आगामी फागुन २१ गतेबाट सुरु हुने मेची–महाकाली अभियानलाई सफल पार्न मोर्चा सङ्गठनअन्तर्गतका २० वटै सङ्गठनलाई विभिन्न जिल्लाका कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाहका लागि जिम्मेवारी प्रदान गरेको सचिव भट्टराईले जानकारी दिए । 

पार्टीभित्रको आन्तरिक अनुशासन कायम राख्न अनावश्यक तडकभडक नगर्ने प्रतिबद्धता व्यक्त गर्दै घोषणापत्रमा आगामी दिन अतिथिलाई लगाइदिने माला, ब्याच, खादा आदिको अत्यधिक प्रयोगलाई निरुत्साहन गर्ने, आसनग्रहणमा अनावश्यक समय खेर फाल्नेजस्ता कार्यशैली सुधार्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

नेकपा (एमाले) सम्बद्ध २० वटा मोर्चा सङ्गठनका पदाधिकारी सम्मिलित राष्ट्रिय भेलाको गत माघ ९ गते नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट