२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मुखिया बदलेर देशको समस्या समाधान हुदैन: माओवादी नेता गुरुङ

२०७३, १२ माघ बुधबार ०५:४४

माघ १२, अछाम । नेकपा क्रान्तिकारी माओवादीका सेती महाँकाली ईञ्चार्ज कृष्ण गुरुङ (आस्मान) ले मुखीया बदलेर देशको समस्या समाधान हुन नसक्ने बताएका छन । 

पार्टी कामको शिलशिलामा अछाम पुगेका नेता गुरुङले मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान राज्यब्यावस्थाले मुखीय परिवर्तन गर्ने बाहेक कुनैपनी जनपक्षिय कार्य नगर्ने बताए । 

उक्त पार्टीको केन्द्रिय सदस्य समेत रहेका नेता गुरुङले वर्तमान राज्यब्यावस्थाले बिभेदकारी नीति अवलम्वन गरेको भन्दै त्यसका बिरुद्ध क्रान्तिकारी माओवादी जनतामाझ आएको बताए । गुरुङले भुगोल, भाषा, संस्कृति र पहिचान नै राष्ट्रियता भएपनि एमालेको भन्ने राष्ट्रियताले यि सबै कुरालाई पञ्छाउन खोजेको बताए । 

एमालेको राष्ट्रवादले जनताको ठुलो हिस्सालाई दिग्भ्रमित पारेर कुहीरोको काग बनाँउन खोजेको तथा काँग्रेस र माओवादी केन्द्रको राष्ट्रिवादले सिक्किमीकरण र साम्राज्यवादी नीति अवलम्वन गरेको उनले उल्लेख गरे । 

राष्ट्रियताको सन्देश दिन, जनताको जनजीविकाको सवाललाई उजागर गर्न क्रान्तिकारी माओवादीले ३ महिने जनपरिचालन अभियान सञ्चालन गरेको नेता गुरुङको भनाई छ । अहिलेका संसदवादी दलले बुजीवादी राज्यब्यावस्थालाई मलजल गरिरहेको भन्दै गुरुङले  त्यसको बिरुद्धमा क्रान्तिकारी माओवादीले अभियान चलाएको उल्लेख गरे । 

अर्को प्रसंगमा नेता गुरुङले हसिया हथौडा काम गरिखाने वर्गको प्रतिक भएको तर उक्त झण्डामुनी नेपालका कम्यूनिष्ट भनाँउदाहरु खरवपति भएर निदाईरहेको बताए । राष्ट्रियता जोगाँउन र वर्तमान राज्यब्यावस्था परिवर्तन गर्न क्रान्तिकारी माओवादी बिद्रोहको बाटोमा अगि बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी