१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मुखिया बदलेर देशको समस्या समाधान हुदैन: माओवादी नेता गुरुङ

१२ माघ २०७३, बुधबार ०५:४४

माघ १२, अछाम । नेकपा क्रान्तिकारी माओवादीका सेती महाँकाली ईञ्चार्ज कृष्ण गुरुङ (आस्मान) ले मुखीया बदलेर देशको समस्या समाधान हुन नसक्ने बताएका छन । 

पार्टी कामको शिलशिलामा अछाम पुगेका नेता गुरुङले मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान राज्यब्यावस्थाले मुखीय परिवर्तन गर्ने बाहेक कुनैपनी जनपक्षिय कार्य नगर्ने बताए । 

उक्त पार्टीको केन्द्रिय सदस्य समेत रहेका नेता गुरुङले वर्तमान राज्यब्यावस्थाले बिभेदकारी नीति अवलम्वन गरेको भन्दै त्यसका बिरुद्ध क्रान्तिकारी माओवादी जनतामाझ आएको बताए । गुरुङले भुगोल, भाषा, संस्कृति र पहिचान नै राष्ट्रियता भएपनि एमालेको भन्ने राष्ट्रियताले यि सबै कुरालाई पञ्छाउन खोजेको बताए । 

एमालेको राष्ट्रवादले जनताको ठुलो हिस्सालाई दिग्भ्रमित पारेर कुहीरोको काग बनाँउन खोजेको तथा काँग्रेस र माओवादी केन्द्रको राष्ट्रिवादले सिक्किमीकरण र साम्राज्यवादी नीति अवलम्वन गरेको उनले उल्लेख गरे । 

राष्ट्रियताको सन्देश दिन, जनताको जनजीविकाको सवाललाई उजागर गर्न क्रान्तिकारी माओवादीले ३ महिने जनपरिचालन अभियान सञ्चालन गरेको नेता गुरुङको भनाई छ । अहिलेका संसदवादी दलले बुजीवादी राज्यब्यावस्थालाई मलजल गरिरहेको भन्दै गुरुङले  त्यसको बिरुद्धमा क्रान्तिकारी माओवादीले अभियान चलाएको उल्लेख गरे । 

अर्को प्रसंगमा नेता गुरुङले हसिया हथौडा काम गरिखाने वर्गको प्रतिक भएको तर उक्त झण्डामुनी नेपालका कम्यूनिष्ट भनाँउदाहरु खरवपति भएर निदाईरहेको बताए । राष्ट्रियता जोगाँउन र वर्तमान राज्यब्यावस्था परिवर्तन गर्न क्रान्तिकारी माओवादी बिद्रोहको बाटोमा अगि बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह