१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्वाचन कार्यालयमा पच्चीस राजनीतिक दलद्वारा विवरण पेस

१९ माघ २०७३, बुधबार ०९:२२

माघ १९, कञ्चनपुर । निर्वाचनमा सहभागी हुन कञ्चनपुरका २५ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा विवरण पेस गरेका छन् । 

जिल्लामा क्रियाशील सबै राजनीतिक दललाई सोमबारसम्म विवरण पेस गर्न निर्वाचन कार्यालयले समय सीमा निर्धारण गरेको थियो । निर्धारित समयमा २५ राजनीतिक दलले विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत केशवसिंह भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार विवरण बुझाउनेमा छ नयाँ र १९ पुराना पार्टी छन् । केन्द्रमा दर्ता भएर पहिलो पटक विवरण पेस गर्ने राजनीतिक पार्टीमा नेपाल पूर्व राष्ट्रसेवक पार्टी, लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी, विवेकशील नेपाली दल, राष्ट्रिय यथार्थवादी पार्टी र जनजागरण पार्टी छन् । 

यसैगरीमुख्य राजनीतिक पार्टीमध्येका नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, नेपाल कम्युनिष्ट पार्टी माले, अखण्ड सुदूरपश्चिम नेपालसहितका १९ पार्टीले विवरण बुझाएका छन् । 

सो कार्यालयले वर्तमान संबैधानिक व्यवस्था अनुसार अब हुने निर्वाचनका लागि यहाँस्थित सरकारी कार्यालयबाट कर्मचारीको विवरण सङ्कलन गर्न थालेको छ । 

“जिल्लामा कार्यरत स्थायी निजामती कर्मचारी, सार्वजनिक संस्थानमा कार्यरत स्थायी कर्मचारी र स्थायी शिक्षकको विवरणको नामावली तीन दिनभित्र आइपुग्ने गरी कार्यलयलाई पत्राचार गरेका छौँ जिल्ला निर्वाचन अधिकृत भण्डारीले भन्नुभयो । निर्वाचन आयोगबाट माग भै आए बमोजिम कर्मचारीको विवरण माग गरिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा