माघ २०, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्राइले गलत इन्ट्रेस्ट लिएर आफ्नो कोठामा कोहीपनि नपसिदिन हरेक रोल्पालीलाई अनुरोध गर्नुभएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्राइले गलत इन्ट्रेस्ट लिएर आफ्नो कोठामा कोहीपनि नपसिदिन हरेक रोल्पालीलाई अनुरोध गर्नुभएको छ । 

"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ प्रजीअले रोल्पालीलाई भने- ‘गलत नियत लिएर मेरो कोठामा नपसिदिनुहोला’

२० माघ २०७३, बिहीबार ०८:०९

माघ २०, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्राइले गलत इन्ट्रेस्ट लिएर आफ्नो कोठामा कोहीपनि नपसिदिन हरेक रोल्पालीलाई अनुरोध गर्नुभएको छ । 

सोमबार उद्योग बाणिज्य संघ रोल्पाले आयोजना गरेको प्रजिअ डा.भट्राईको स्वागत तथा भेटघाट कार्यक्रमका अवसरमा उहाँले यस्तो अनुरोध गर्नुभएको हो  । उहाँले रोल्पाली जनता तर्फ ईगित गर्दै भन्नुभयो– तपाइहरु ड्राइभर हो हामी मेसिनरी हौं ।

तपाइले सही दिसा निर्देश गरेमा हामी सकारात्मक दिशामा सदा अग्रसर रहनेछौं तर तपाई गलत इन्ट्रेस्ट लिएर आउनु भयो भने हामीलाई काम गर्न असहज हुनेछ ।

उहाँले जिल्लामा रहँदा सम्म सुशासन कायम गर्दै नियम कानूनको परिधिभित्र रहेर मात्र काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

मन्तब्यका क्रममा डा. भट्राइले भन्नुभयो “म हरेक रोल्पालीको ह्रृदयमा बसेर यहाँबाट बिदा हुनेछु त्यसका लागि तपाइको सकारात्मक साथ र सहयोगको मलाई सधैं खाँचो रहने छ । ”

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले जिल्लाको विकास निर्माणमा सबैको ऐक्यबद्धता रहदै आएको बताउदै सरोकारवालाहरुको सदैव सकारात्मक भूमिका भएमा आफूहरुले जिल्लाको विकासमा केही गर्नसक्ने बताउनु भयो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले प्रमुख जिल्ला अधिकारी सिंगो जिल्लाको अभिभावक भएको हुँदा सबै रोल्पाली जनतासंग समान ब्यवहार गर्नुपर्ने तथा कुनै पार्टी विशेषको फ्रेम बन्न नहुने सुझाव दिएका थिए । 

उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रामचन्द्र थापाले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार एवम् उद्योग ब्यवसायीहरुको उपस्थिति रहेको थियो । यस्तै कर्मचारी मिलन केन्द्र रोल्पाले पनि छुट्टै कार्यक्रम गरी प्रजिअ डा.भट्राईको स्वागत गरेको थियो । आज जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजनामा प्रजिअसंग पत्रकारहरुको भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा