१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा जनमोर्चाको अक्टोबर क्रान्ति सत्वर्षिकी कार्यक्रम

२२ माघ २०७३, शनिबार १०:३६

विमल धामी/माघ २२, कञ्चनपुर । बेल्डाँडी नगरपालिकामा सनिवार राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्ति सत्वर्षिकी कार्यक्रम सम्पन्न गरेको छ । अक्टोवर क्रान्ति सत्वर्षिकी कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्ति सय बर्ष पुगेको अवसरपारेर देशै भर बिभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मनतब्य राख्दै जिल्ला अध्यक्ष लोकेन्द्र लमसालले भने पार्टि सानो ठुलोले विकास नहुने बताए । विचार सहि भयो भने विकास आफ्सेआप हुने कुरा बताउदै जनमोर्चामा सबैले लाग्नु पर्नेमा जोडदिएका थिए । जनमोर्चाको निति सिद्धान्तको बारेमा बुझेर लाग्न समेत आग्रह गरे । यस्तै पार्टिका केन्द्रिय सदस्य राजाराम चौधरीले भने यो पार्टि सोषित पिडितको हकहितमा काम गर्ने पार्टि भएकोले सबैले गोलबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने संघिताको बिरोध गर्दै संघियताले देश टुक्र्याउने काम गरेकोले सिङ्गो देशलाई गोलबद्ध भएर यो देशलाई बचाउन लाग्नु पर्नेमा युवाहरुले जाग्नु पर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा कार्यक्रका प्रमुख अतिथि मनोज भट्टले भने संघियताले देशले निकास नपाउने भएको भन्दै यस देशको कानुनको बारेमा ब्रिफिङ गरेका थिए । १ वटा कानुन लेख्न ठुला दलले आफुले चाहेको कानुन बनाउन ९महिना लगाएको जिकिर गर्दै संविधान धर्म ग्रन्थ नभएको भन्दै सरकारको घोर विरोध गरेका थिए ।

 अखिल छैटौँका केन्द्रिय सचिव महेश जोशीले भने स्ववियुको चुनाव गराउनु पर्छ भन्ने आफुहरुले पहिले देखिनै दवाव दिदै आएको बताए । स्ववियु चुनावमा आफुहरुले सवोच्व अदालतमा समेत मुद्धा जितेको दावि गरेका थिए । अवको स्ववियु चुनावमा सहयोग गर्न सबैले छैटौँमा भोट हाल्न आग्रह गर्दै संघियता खारेजीमा लाग्नु पर्नेमा जोड दिए । सभापति अभिमान थापाले भने संघियताले देश टुक्रर्याउनु भन्दा अन्य बिकल्प नभएको भन्दै सबैले यो संघियता बिरोध अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेशको लस्कर लागको जनमोर्चाले जनाएको छ । बेल्डाँडीका जल्दावल्दा युवा तथा कलाकार हेमराज रेग्मीले समेत सो पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रमा सभाागिहरुको मन जित्ने रक्तिम कलाकारहरुले आफ्ना विभिन्न प्रस्तुति देखाएका थिए । आफ्नो पार्टीको विरोध नेपालको अखण्डतालाई खैलाबैला मचाउने प्रति रहेको बताए । उनले दोह्रोर्याए संघियताको बिरोधमा सबै नेपालीले लाग्नु पर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय जनमोर्चा बेल्डाँडी नगरकमिटीका अध्यक्ष अभिमान थापाको सभापतित्वमा प्रमुख अतिथि पार्टिका केन्द्रिय सदस्य मनोज भट्ट रहेका थिए भने अतिथिहरुमा सो पार्टीका नेताहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा