राम नारायण पंडित/माघ २३, सिरहा । संविधान कार्यान्वयको लागि संविधान संशोधन जरुरी भएको भन्दै त्यसको लागि ठूला तीनै दललाई एकठाउँमा आउनु पर्ने मधेसी जनअधिकार फो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/माघ २३, सिरहा । संविधान कार्यान्वयको लागि संविधान संशोधन जरुरी भएको भन्दै त्यसको लागि ठूला तीनै दललाई एकठाउँमा आउनु पर्ने मधेसी जनअधिकार फो"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान कार्यान्वयको लागि संविधान संशोधन: गच्छेदार

२३ माघ २०७३, आईतवार ०२:४६


राम नारायण पंडित/माघ २३, सिरहा । संविधान कार्यान्वयको लागि संविधान संशोधन जरुरी भएको भन्दै त्यसको लागि ठूला तीनै दललाई एकठाउँमा आउनु पर्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय कुमार गच्छेदारले बताएका छन् ।  

शनिबार सिरहाको गोलबजारमा जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्व उपप्रधान्त्री समेत रहेको गच्छेदारले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मात्र मिलेर संविधान संशोधन गर्न नसक्ने दाबी गरे । उनले भने ‘संविधान कार्यान्वयन गरेर चुनाव गराउन जरुरी छ, संविधान संशोधन नगरी चुनावमा जान सकिदैन, त्यसको लागि तीनबटै ठूला दललाई एकैठाउँमा बसेर सहमति खोज्नु पर्छ ।’ 

उनले सवैपार्टीलाई एकैठाउँमा ल्याउन मधेसी मोर्चा सहितका मधेसवादी दलहरुले पहल गर्नु पर्ने पनि जिकिर गरे । खाली माँग राखेर आन्दोलन गरेर मात्र सवै समस्या समाधान नहुने भन्दै माँग कार्यान्वयन गराउन ठूला दलहरुलाई एकठाउमा भेला गर्न पनि पहल गर्नु पर्ने अध्यक्ष गच्छेदारले तर्क गरे । त्यसको लागि आफ्नो दल तयार रहेको गच्छेदारले स्पष्ट गरे । संविधान संशोधन गरेर चाँडो भन्दा चाँडो निर्वाचनमा गएर संविधान कार्यान्वयन गराउनु पर्नेमा उनले जोड दिए । 

जनता भेला गर्न नाचगानको साहारा 

राजनीतिक दलहरुलाई अब सभा सम्मेलनमा मास जुटाउन मुस्किल पर्न थालेपछि जनताको मास जुटाउन नाचगानको सहारा लिन थालेका छन् । कार्यक्रममा जनता जुट्न नसक्ने भएपछि फोरम लोकतान्त्रिकले पनि युवती नचाउनु परेको स्थानियहरुको भनाई रहको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड