राम नारायण पंडित/माघ २३, सिरहा । संविधान कार्यान्वयको लागि संविधान संशोधन जरुरी भएको भन्दै त्यसको लागि ठूला तीनै दललाई एकठाउँमा आउनु पर्ने मधेसी जनअधिकार फो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/माघ २३, सिरहा । संविधान कार्यान्वयको लागि संविधान संशोधन जरुरी भएको भन्दै त्यसको लागि ठूला तीनै दललाई एकठाउँमा आउनु पर्ने मधेसी जनअधिकार फो"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधान कार्यान्वयको लागि संविधान संशोधन: गच्छेदार

२०७३, २३ माघ आईतवार ०२:४६


राम नारायण पंडित/माघ २३, सिरहा । संविधान कार्यान्वयको लागि संविधान संशोधन जरुरी भएको भन्दै त्यसको लागि ठूला तीनै दललाई एकठाउँमा आउनु पर्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय कुमार गच्छेदारले बताएका छन् ।  

शनिबार सिरहाको गोलबजारमा जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्व उपप्रधान्त्री समेत रहेको गच्छेदारले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मात्र मिलेर संविधान संशोधन गर्न नसक्ने दाबी गरे । उनले भने ‘संविधान कार्यान्वयन गरेर चुनाव गराउन जरुरी छ, संविधान संशोधन नगरी चुनावमा जान सकिदैन, त्यसको लागि तीनबटै ठूला दललाई एकैठाउँमा बसेर सहमति खोज्नु पर्छ ।’ 

उनले सवैपार्टीलाई एकैठाउँमा ल्याउन मधेसी मोर्चा सहितका मधेसवादी दलहरुले पहल गर्नु पर्ने पनि जिकिर गरे । खाली माँग राखेर आन्दोलन गरेर मात्र सवै समस्या समाधान नहुने भन्दै माँग कार्यान्वयन गराउन ठूला दलहरुलाई एकठाउमा भेला गर्न पनि पहल गर्नु पर्ने अध्यक्ष गच्छेदारले तर्क गरे । त्यसको लागि आफ्नो दल तयार रहेको गच्छेदारले स्पष्ट गरे । संविधान संशोधन गरेर चाँडो भन्दा चाँडो निर्वाचनमा गएर संविधान कार्यान्वयन गराउनु पर्नेमा उनले जोड दिए । 

जनता भेला गर्न नाचगानको साहारा 

राजनीतिक दलहरुलाई अब सभा सम्मेलनमा मास जुटाउन मुस्किल पर्न थालेपछि जनताको मास जुटाउन नाचगानको सहारा लिन थालेका छन् । कार्यक्रममा जनता जुट्न नसक्ने भएपछि फोरम लोकतान्त्रिकले पनि युवती नचाउनु परेको स्थानियहरुको भनाई रहको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट