१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजनैतिक भागबन्डाले गठन हुन सकेन रोल्पामा शिक्षा समिति

२४ माघ २०७३, सोमबार ०५:५९

माघ २४, रोल्पा । जिल्लाको शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने महत्वपूर्ण संयन्त्र जिल्ला शिक्षा समिति विघटन भएको लामो समयसम्म गठन हुन नसक्दा जिल्लाको शैक्षिक स्थिति खस्किन थालेको सरोकारवालाले गुनासो गरेका छन् । 

जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा गठन हुने सो समितिमा पदेन सदस्यसहित नौजना रहने शिक्षा ऐनमा व्यवस्था भए पनि हाल चार पद पूर्ति भए पनि पाँच पद अझै पूर्ति हुन सकेको छैन । जिविस सभापति, प्रमुख जिल्ला अधिकारी र नेपाल शिक्षक महासङ्घको अध्यक्ष र जिल्ला शिक्षा अधिकारी संलग्न चार सदस्यीय समितिले सामान्य बैठक सञ्चालनको काम गरे पनि महत्वपूर्ण नीतिगत निर्णय गर्न नसकेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । 

शिक्षाको गुणस्तर कायम गर्ने, नीतिगत निर्णय गर्ने, शिक्षक दरबन्दी मिलान गर्ने लगायतका काममा समस्या आएको पौडेलले जानकारी दिनुभयो । दरबन्दी मिलान, शैक्षिक योजना तयारी आदिमा समस्या भएका कारण सबैसँग सरसल्लाह र परामर्श गरी न्यायोचित रुपमा अविलम्ब जिल्ला शिक्षा समिति गठन गर्नुपर्ने नेपाल शिक्षक सङ्घ रोल्पाका उपाध्यक्ष मिलन मल्लले प्रतिक्रिया दिनुभयो । 

जिल्लामा क्रियाशील सबै पेसागत सङ्घ–सङ्गठनको सहभागिता गराउने गरी जिल्ला शिक्षा अधिकारीले प्रतिनिधि पठाउन आग्रह गर्दा केही पेसागत सङ्गठनले प्रतिनिधि पठाउन नसक्दा गठन प्रक्रिया लम्बिएको भए पनि पछिल्लो पटक आएको नियमावलीसँगै गठन प्रक्रिया अविलम्ब अगाडि बढ्नेमा आफू विश्वस्त रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लीला आचार्यले बताउनुभयो । 

जिल्लामा स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारी क्षणक्षणमा परिवर्तन भइरहने र राजनैतिक हस्तक्षेपका कारण समिति गठन हुन नसकेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाका अध्यक्ष मधुसूदन पोख्रेलले उल्लेख गर्नु भयो । 

समिति गठन नहुनुलाई राजनीतिक कारण पहिलो र समयमा नियमावली नआउनुलाई दोस्रो कारण मान्नुहुन्छ अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाका सचिव भूपबहादुर केसी । रोल्पामा राजनीतिले शिक्षालाई अस्तव्यस्त बनाएको केसीको आरोप छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने