सलिम अन्सारी/माघ २४, प्युठान । यतिबेला  प्रमुख दलका बिध्यार्थी संगठनहरुमा स्वबियु चुनाबको रन्को छ ।

स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/माघ २४, प्युठान । यतिबेला  प्रमुख दलका बिध्यार्थी संगठनहरुमा स्वबियु चुनाबको रन्को छ ।

स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा विद"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्ववियु चुनाब जित्न अनेरास्ववियु प्युठान क्पाम्पस क्याम्पसमा

२४ माघ २०७३, सोमबार ११:०१


सलिम अन्सारी/माघ २४, प्युठान । यतिबेला  प्रमुख दलका बिध्यार्थी संगठनहरुमा स्वबियु चुनाबको रन्को छ ।

स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा विद्यार्थी संगठनहरु चुनावी रणनीति बनाउन ब्यस्त भएका हुन । उनीहरु स्ववियू चुनावका बेला विद्यार्थीको मन जित्ने नारा र आफूले उठाउने मुद्दाका विषयबारे आन्तरिक छलफल गरिरहेका छन् । 

नेकपा एमालेसम्बद्ध अनेरास्ववियू, नेपाली कांग्रेस सम्बद्ध नेविसंघ र माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन् । जसका लागि उनीहरुले केन्द्रीय तहबाट नै स्ववियू परिचालन समिति बनाएका छन्, भने कोही त्यसको अन्तिम चरणमा पुगेका छन् ।

स्ववियू चुनावमा हरेकजसो संगठनले शैक्षिक मुद्दालाई प्राथमिकता दिएका छन् । उनीहरुले शिक्षालाई निशुल्क बनाउनेदेखि वैज्ञानिक शिक्षाको कार्यान्वयनको मागलाइ अगाडि सारेका छन्। त्यस्तै शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकारलाई दबाब दिने जस्ता विषय पनि चुनावी मुद्दा बनेका छन् ।

त्यस्तै यसपटकको स्ववियू चुनावमा एमाले विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी प्युठानले   राष्ट्रीयता, आर्थिक र शैक्षिक जोनका कुरालाई मुख्य जोड दिएर प्युठानी बिध्यार्थिका माझ जाने भएको छ। अनेरास्वबियु जिल्ला कमिटी प्युठान श्रोतले बताए अनुसार स्वबियु निर्बाचनमा जिल्लाका ५ ओटै क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्न बलियो उम्मेद्वार सहितको प्यानल उठाउने तयारीमा जुटेको छ। उस्ले  चुनाबी प्रचारप्रसार संगै क्याम्पस क्याम्पसमा कमिटी गठन पुनगठनको कामलाइ तिब्र पारिएको जनाएको छ ।

त्यस्तै अनेरास्वबियु प्युठानले ५ ओटै क्याम्पसमा जित हासिल गर्ने अनेरास्वबियु केन्द्रीय सदस्य एव राप्ती अन्चल इन्चार्ज बिनोद भण्डारीले बताए । उनले

शैक्षिक प्रमाण प्रत्र धितो राखि विद्यार्थीलाई ॠण दिइनुपर्ने, गुणस्तरिय शिक्षाका लागि शिक्षामा राज्यको लगानी हुनुपर्ने लगायतका विद्यार्थीसंग जोडिएका मुद्धाहरु अनेरास्वबियुले मात्र उठाएकोले बिद्यार्थीले यसैलाइ मतदान गर्ने समेत दाबी गरे । भण्डारीले सामाजिक सद्धभाव,सार्बभौम सत्ता र राष्ट्रीय एकता माथिको बिदेशी प्रहारका बिरुद्ध बिगतमा एमाले समबद्ध युवा बिद्यार्थिले खेलेको भुमिका ताजै रहेको भन्दै यसपटकको निर्बाचनमा पनि बिद्यार्थिले अनेरास्वबियुलाइ नै मतदानका लागि छनौट गर्ने बिश्वास ब्याक्त गरे ।

अनेरास्वबियु प्युठानले जिल्लाको प्युठान क्याम्पस,स्वर्गद्धारी क्याम्पस र झिमृक क्याम्पस बाग्दुलामा कमिटी बिस्तार गरिसकेको जानकारी दिदै कमिटी बिस्तार गर्न बाँकी रहेका अन्य दुई क्याम्पसमा पनि जाने तैयारी भएको बताएको छ ।

त्यस्तै त्रिभुवन बिश्वबिधालयले विद्यार्थी भर्ना रोकेको भन्दै अहिलेको स्थितिमा अ्नेरास्वबियु प्युठानले त्यस्को समर्थन गर्दै जिल्लामा क्रीयाशिल विद्यार्थी संगठनहरुलाइ त्रीबिकै नियम अनुसार अगाडि बढ्न र स्वच्छ प्रतिस्प्रधामा उत्रन आग्रह समेत गरेको छ । 

अन्य संगठनले भने क्याम्पसमा आफुहरुले हार्ने देखेकाले भर्ना गर्नुपर्ने भनेर अगाडि बढिरहेको उस्को आरोप छ ।

अनेरास्वबियु प्युठानले ३ सदसिय अनुगमन समिती र १ सय १ सदसिय स्वबियु सचिबालय समिती समेत गठन गरेको अनेरास्वबियु जिल्ला कोषाअध्यक्ष दिल बहादुर दसौतिले जानकारी दिए।त्रीभुवन विश्व बिद्यालयले आगामी फागुन १४ गते स्वबियु निर्बाचन गर्ने भनी मिति निर्धारण गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने