१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्थानीय निकायका कर्मचारी कालोपट्टी बाँधेर विरोधमा

२५ माघ २०७३, मंगलवार ०८:१३

माघ २५, कञ्चनपुर । जिल्लानस्थित स्थानीय निकायका कर्मचारी मङ्गलबारदेखि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । 

स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । 

नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका कर्मचारीले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसमा कार्यरत स्थायी, अस्थायी र करार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गरिनु पर्ने, स्थानीय निकाय कर्मचारी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेम बोगटीले बताउनुभयो । 

उहाँले कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनु पर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने, स्थानीय तहका दरबन्दीलाई प्रदेशस्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनु पर्ने माग अघि सारिएको बताउनुभयो । 

। “माग पूरा नभए सशक्त आन्दोलनका कार्यक्रम गर्छौं” – अध्यक्ष बोगटीले भन्नुभयो । 

आन्दोलनमा स्थानीय कर्मचारी सङ्घ, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भीमदत्तनगरपालिका, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन दोधारा चाँदनी नगरपालिका, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन पुनर्वास नगरपालिका र गाविस कर्मचारी सङ्घले एक्यबद्धता जनाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन