माघ २५, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिन"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन गर्न संबिधान संशोधन आवश्यक: मन्त्री केसी

२५ माघ २०७३, मंगलवार १०:३२

माघ २५, पोखरा । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । 

पोखराको नदीपुरस्थित कन्या क्याम्पस तथा कन्या माध्यमिक विद्यालयको हातामा आजदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ शुभारम्भ गर्दै उहाँले झन्डै डेढ दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन भएकाले संविधान संशोधन प्रस्ताव पास गरेर वैशाखको अन्तिम वा जेठको पहिलो हप्तामा निर्वाचन गरिनुपर्ने बताउनुभयो । 

कन्या क्याम्पस प्रदेश नं– ४ कै नमुना क्याम्पस वन्ने विश्वास व्यक्त मन्त्री केसीले यसको स्तरोन्ततीका लागि माग भए मन्त्रालयका तर्फबाट बाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । 

सांसद शारदा पौडेलले क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका लागि सांसद विकास कोषवाट रु २१ लाख १११ सहयोग गर्ने वचन दिनुभयो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञबहादुर थापा, पण्डित दिनबन्धु पोखरेल, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्रबहादुर भारी, धु्रवशरण बस्याललगायतले क्याम्पसको सुधारका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो । 

पण्डित दिनबन्धु पोखरेलबाट कथावाचन हुने सो महायज्ञ फागुन ३ गतेसम्म चल्नेछ । महायज्ञमा करिब रु पाँच करोड उठने लक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन