२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादी केन्द्र वम्घा वलेटक्सारको अधिवेशन सम्पन्न

२०७३, २९ माघ शनिबार १३:१८

माघ २९, गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मको रुरु गाउँ पालिका अन्तरगत  वम्घा र वलेटक्सारको संयुक्त भेला तथा अधिवेशन सम्पन्न भएको छ ।

‘गाउँ गाउ घर घरमा जाऔं माओवादी केन्द्रलाई जिताऔं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको वम्घा वलेटक्सार वडा भेला तथा अधिवेशनको माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य तथा क्षेत्र नम्वर २ का संयोजक बुद्धि जिसीले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिसीले यस अघिको चुनावमा  विजुली चोरेको पैसाले भोट किनेर कतिपय नेताले जितेको आरोप लगाए ।

‘विजुली चोरहरु कसरी राष्ट्रवादी ?’

नेता जिसीले प्रति प्रश्न गर्दै भने–‘ जसले महाकालि बेच्यो , जसले  राजनैतिक आवरणमा विजुली चोरहरुलाई विद्युत प्राधिकरणमा भर्ति ग¥यो र विजुली चोर्न लगायो अनि त्यसको कमिशनबाट आएको रकमले चुनावमा भोट किनेर चुनाव जित्यो त्यो कसरी राष्ट्रवादी बन्यो ?’

आखिर यहि विद्युतले काठमाण्डौ, पोखरा चितवन जस्ता ठुला औद्यौगिक शहरहरुमा लोडसेडिङ्ग मुक्त शहर बनाउन सकिदो रहेछ जुन प्रचण्ड नेतृत्वको सरकारले गराएर देखायो  , यहि गुल्मीमा पनि लगतार चौविस पच्चीस  घण्टा सम्म लोड सेडिङ्ग हुन्थ्यो अहिले छैन विजुली चोरेर पैसा कमाउने र चुनावमा खर्च गरिदो रहेछ भन्ने कुरा त प्रष्ट भयो नि ’ उनको यस्तो आरोप थियो–‘विजुली चोरहरु त्यसको पोल खुले पछि नक्कली राष्टवादको कुरा गरेर माओवादी संग रिस फेर्न चाहेका छन् । ’

उनले  विपक्षीलाई यस्तो पनि आरोप लगाए मोटर वाटो जनताको अधिकार हो,  खाने पानी जनताको अधिकार हो तर तपाईहरु किन हाम्रो पार्टीले ल्याए दिएको विकास निर्माण हो भन्दै र सय  पचास  मिटर पाईप बाँड्दै जनतालाई वेवकुफ बनाउँदै हुनु हुन्छ त्यो त सरकारलै नै उपलव्ध गराएको कुरा हो ।’ 

  कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सदस्य  तथा रुरु संस्कृत क्याम्पस, रिडीका उप प्राध्यापक खगेन्द्र गौतम, वाईसियल जिल्ला अध्यक्ष ताराबहादुर राना (प्रवल), अनेम संघ ( क्रान्तिकारीकी जिल्ला कोषाध्यक्ष सुचना ठटराई, प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार, श्रृङ्गीश्वर बहमुखी क्याम्पस रानीवास मुल ईकाई कमिटीका अध्यक्ष किशन पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

वन्द सत्र पछि अहिले वम्घा र वलेटक्सार  दुवै वडाको बन्द सत्र चलि रहेको र वन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने आयोजक कमिटी संयोजक वलेटक्सार अधिवेशन आयोजक कमिटी संयोजक शिव शर्माले जानकारी दिए ।

वम्वघा वलेटक्सार संयुक्त भेला तथा अधिवेशन आयोजक कमिटी संयोजक हरि ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वलेटक्सारका संयोजक शिव शर्माको स्वागत मन्तव्य र  कार्यक्रमको सञ्चालन  जिल्ला कमिटी सदस्य तथा वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद पौड्यालले गरेका थिए ।

यसै विच आजै नेकपा माओवादी केन्द्र ठुलोलुम्पेकमा केन्द्रिय कार्यालय सदस्य डिलाराम आर्चायको प्रमुख आथित्यतामा अधिवेशन चलिरहेको प्रचार विभाग प्रमुख युवाराज केसीले दिए ।

उनका अनुसार आजै अर्वेनीमा पोलिटव्युरो सदस्य सुदर्शन वरालको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।  त्यस्तै जुभुङ्गमा क्षेत्रिय संयोजक अशोक थापा मुक्तीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको छ ।

भनभनेमा पोलिटव्यरो सदस्य दिनेश पन्थीको प्रमुख आतिथ्यतामा अधिवेशन चलि रहेको र नयाँ कार्य समिति भोली सार्वजानिक गरिने प्रचार विभाग प्रमुख केसीले जनाएका छन् ।

अन्य पार्टी बाट माओवादीमा प्रवेश

यसै विच वम्घा बलेटक्सार अधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वलेटक्सारमा नेकपा एमाले परित्याग गरी जिवन शाही , जितबहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ,  विष्णु ज्ञवाली ६० जना नेकपा माओवादीमा प्रवेश गरेको वलेटक्सार गाउँ कमिटी अध्यक्ष नारायणप्रसाद ज्ञवालीले जनाएका छन् ।

 त्यस्तै रिमुवाबाट अनिले बस्नेत , कृष्ण पल्ली मुक्त पल्लीका युवाहरुको नेतृत्वमा वडा नम्वर १ का ५५ घरधुरी जनता विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको  सो पार्टीले जनाएको छ । त्यस्तै वम्घामा त्रिलोचन कुँवरको अध्यक्षतामा २५  जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 त्यस्तै माओवादीबाट चुनाव ताका नेकपा एमालेमा प्रवेश गरेको बताईएका  नेकपा एमालेमा वम्घाका मधु कुँवर र लेखनाथ गौतम लगायतका दर्जनौ युवाहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका केन्द्रिय आयोजक कमिटी सदस्य बुद्धि जिसीले अविर  पहिराउँदै पार्टीमा स्वागत गरेका थिए । घनश्याम खरेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ