२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मिति घोषणा गरे सहकार्यः एमाले उपाध्यक्ष रावल

२०७३, २९ माघ शनिबार १५:०५

माघ २९, मकवानपुर  । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अहिलेको सरकारले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्छ भने रचनात्मक रुपमा सहयोग गर्न तयार रहेको बताउनुभएको छ । 

युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रवेश कार्यक्रमको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले स्थानीय तह पुनःसंरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार चुनाव गराएमा एमाले सरकारसँग सहकार्य र सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो । 

अहिलेको अवस्थामा आयोगले गरेका निर्णय कार्यान्वयन नगर्ने र चुनाव पनि नगर्ने अवस्थामा सरकार रहेको बताउँदै उहाँले भन्नुभयो, “१८ वर्षदेखि स्थानीय निकायको चुनाव नगर्दा समस्या भएको छ । आम नागरिक चुनाव चाहन्छन् ।” 

एमालेसँगको कुराकानीका आधारमा सरकारले दुई चरणमा गरी वैशाखको अन्त्यमा र जेठमा स्थानीय निकायको चुनाव गर्ने बताएको एमाले उपाध्यक्ष रावलले बताउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य विरोध खतिवडाले मुलुकको परिवर्तनकारी आन्दोलनमा एमाले लागेको बताउनुभयो । आफू धेरै आन्दोलनमा जेलसमेत बसेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा देशको रक्षा गर्नका लागि आम युवा डटेर लाग्नुपर्ने बेला आएको छ ।” 

युवा सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष महेश बस्नेतले अबको समयमा सिर्जनशील, लगनशील र उद्यमशील आन्दोलनमा युवा लाग्नुपर्ने बताउनुभएको छ । 

एमालेका नेता कार्यकर्तामाथि माओवादी सरकार आएपछि आक्रमण भएकाले यसलाई रोक्नका लागि युवा सङ्घले युथफोर्स बनाएर अगाडि बढ्ने बताउनुभयो । युवा सङ्घ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागार्इंको अध्यक्षतामा कार्यक्रममा भएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस