फागुन ६, रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ६, रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ ।"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अप्ठेरो परेर रोल्पा आएँ: प्रधानमन्त्री दाहाल

६ फाल्गुन २०७३, शुक्रबार १३:०४


फागुन ६, रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ । 

प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताउनुभएको हो । 

राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताउनुभयो । विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उल्लेख गर्नुभयो । 

युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु ” । 

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउने श्रेय रोल्पालाई भएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “रोल्पाको विकास र परिवर्तनमा आफू सधँै लागिरहने बताउनुभयो । 

राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उहाँको भनाइ थियो । 

अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा(माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले बताउनुभयो । 

एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो । 

प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन पनि रोल्पा पुग्नुभएको छ । रोल्पा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव आज उद्घाटन भई फागुनु १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन