कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ ।&n"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीभुजी जनता क्याम्पसमा क्रान्तिकारीको ईकाई समिति गठन

२०७३, ८ फाल्गुन आईतवार १४:०२


कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ । 

भेलामा बोल्दै अनेरास्ववियु क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस बागलुङका मुल ईकाई समिति अध्यक्ष किसोर घर्तीले क्रान्तिकारी विद्यार्थीहरु एकजुट भएर गुणस्तरिय र व्यवहारिक शिक्षाका पक्षमा अभियान चलाउनुपर्ने बताउनुभयो । 

उहाँले आसन्न स्ववियु निर्वाचनमा आफ्नो नेतृत्व स्थापित गर्ने गरि संगठनलाई समावेशी बनाएर लैजान आग्रह गर्नुभयो । घर्तीले स्ववियुमा २८ बर्षे उमेर हद, समानुपातिक समावेशी स्ववियुका लागि मिश्रीत निर्वाचन प्रणाली जस्ता प्रगतिशिल मुद्धा अखिल क्रान्तिकारीले स्थापित गरेको भन्दै त्यसको कार्यान्वयनको नेतृत्व पनि क्रान्तिकारीले नै गर्ने दावि गर्नुभयो । 

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, अखिल क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस मुलईकाई समितिका उपाध्यक्ष विकास कँडेल र एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका पुर्ण अर्यालले मन्तव्य राख्नुभएको थियो । 

भेलाले प्रतिभा पौडेलको अध्यक्षतामा १५ सदस्यीय मुलईकाई समिति गठन गरेको छ । समितिको सचिव अञ्जना अर्याल र कोषाध्यक्ष ओममायाँ बुढा रहनुभएको छ । सदस्यमा मनिसा गुरुङ, खिमा कुँवर, होमकुमारी अदै, रेखा थापा, हरिमला सुवेदी, लक्ष्मी भण्डारी, लिला पाण्डे र लोकमायाँ पाण्डे रहनुभएको छ । उपाध्यक्ष, सहसचिव र बाँकी सदस्य पछि थप गरिने क्रान्तिकारीले जनाएको छ । 

भेलाले यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन दर्ता गर्ने निर्णय गरेको अध्यक्ष प्रतिभा पौडेलले जानकारी दिनुभयो । भेला प्रतिभा पौडेलको अध्यक्षता, टंक पौडेलको स्वागत मन्तव्य र अनिल कुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना