१९ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जिल्ला परिषद संचालनका लागि विषयगत समितिका बैठक सुरु

९ फाल्गुन २०७३, सोमबार १२:५९

दलसिंह गिरी/फागुन ९, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको बन तथा बाताबरण विकास समितिको बैठक विविध निर्णय गरी सम्पन्न भएको छ । 

बन तथा बाताबरण संग सम्बन्धित कार्यक्रम, नीतिगत योजना र बार्षिक कार्यतालिकाबारे ब्यापक छलफल गरी विविध निर्णय सहित बैठक सम्पन्न भएको हो । जिल्ला विकास समितिको संयोजकत्वमा बसेको पछिल्लो सर्बदलिय सर्बपक्षिय बैठक अनुसार फागुन ९ गतेबाट सुरु भएको विषयगत समितिको बैठकको कार्यतालिका अनुसार आज बन तथा बाताबरण विकास समितिको बैठक बसी गत बर्ष जिल्ला परिषदमा पास गरिएका नीतिगत कार्यक्रम, योजना तथा निर्णयहरु कार्यान्वयनको अवस्था केलाउदै कायान्वय हुन बाकी निर्णयहरु पुन निरन्तरता दिदै नयाँ नीतिगत योजना अगाडी बढाउने, एक गाउ एक नर्सरी अभियान संचालन गर्ने, जडिबुटी संरक्षण क्षेत्र निर्धारण जस्ता विविध निर्णयहरु पास गरिएका छन् । 

बन तथा बाताबरण विकास समितिका संयोजक कृष्णकला शाहीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता तथा स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको बिशेष आथित्यतामा संचालित बैठकमा जिल्लामा हालै ६ वटा गाविसमा संचालित पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) कार्यक्रमको बार्षिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । 

आसा कार्यक्रमको प्रमुख उद्देश्य भनेको बन तथा बाताबरणमा रहि कृषकहरुको जिबनस्तर उकास्ने तथा जलबायु परिवर्तनले पारेको प्रतिकुल असर कम गर्ने रहेकाले यसलाई बन तथा बाताबरण विकास समितिमा गरिने नीतिगत निर्णयमा थप बल पुग्ने भएकाले आसा कार्यक्रमको बार्षिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो । 

सन २ हजार १५ देखि सन २ हजार २१ सम्म कालिकोटमा संचालन हुने आसा कार्यक्रमले साना किसानको जिवन स्तर माथि उकासी जलबायु परिवर्तनले पारेको नकरात्मक प्रभाव कम गर्ने रहेकाले यसबाट कार्ययोजना अनुरुपको प्रतिफल हासिल गर्न सकिने बैठकका सहभागीहरुले बताएका छन् । 

२० औं जिल्ला परिषद संचालनका लागि आजबाट सुरु भएको विषयगत समितिको बैठ्क अन्तर्गत यहि फागुन १० र ११ गते सामाजिक विकास समितिको बैठक बस्ने कार्यतालिका रहेको छ । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि