१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

स्थानीय तह निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रमा उत्साह

१२ फाल्गुन २०७३, बिहीबार ०८:२८

फागुन १२, म्याग्दी । स्थानीय तह निर्वाचनको घोषणा भएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा उत्साह छाएको छ । 

गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस चल्न थालेको हो । स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ । 

निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको शिख–२ का दुर्गाबहादुर खातीले बताउनुभयो । “स्थानीय तहको सेवा सुविधा सहज हुने, विकास निर्माणले गति लिने अपेक्षा छ” खातीले भन्नुभयो “गाउँका जनता प्रतिनिधि छनोट गर्न मतदानका लागि ब्यग्र प्रतिक्षामा छन् ।” 

मतदानको मिति घोषणा भएकोमा खुसी लागेको शिख–९ का पूर्णबहादुर पाइजाले बताउनुभयो । गाउँगाउँमा सम्भावित उम्मेदवारको चर्चासँगै राजनीतिक सक्रियता बढेको पाइजाले बताउनुभयो । 

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपालगायतका दलभित्र उम्मेदवार छनोटको विषयमा चर्चा सुरु भएको छ । भेटघाट, भेला, प्रशिक्षण, सङ्गठन विस्तारको कामले गाउँमा नेता पुग्न थालेपछि चहलपहल बढेको हो । 

मधेस केन्द्रित दलको असन्तुष्टि र पुनःसंरचनाको सवालले निर्वाचनमा चुनौती थपिएपनि संविधान कार्यान्वयन र विकासका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको भुरुङ तातोपानीका वुद्धि पुनले बताउनुभयो ।

 “निर्वाचनको वातावरण बनाउन सबै जुट्नुपर्छ” उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचन भएपछि जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न पाउँछन् ।” एक नगरपालिका र पाँच वटा गाउँपालिका प्रस्तावित म्याग्दीमा निर्वाचनका लागि १२ वटा राजनीतिक दल दर्ता भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन