२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा लगाईयो ताला बल प्रयोग गरि तोडियो

२०७३, १४ फाल्गुन शनिबार १६:४२

डडेल्धुरा, फागुन १४ । सबै क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि आउँदो बुधबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रभावित हुने भएको छ । 

विभिन्न पक्षको तालाबन्दीका कारण देशभरका अधिकांश क्याम्पसमा मनोनयन दर्ता हुन सकेको छैन । अधिकांश क्याम्पसमा बैद्य तथा बिप्लब निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् भने केही क्याम्पसमा नेबि संघ र नयाँ शक्ति निकट विद्यार्थी संगठनले पनि तालाबन्दी गरेको छ । 

यता डडेल्धुरा बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरिएको भएपनि बल प्रयोग गरि तोडिएको छ । आज अखिल(क्रान्तिकारी), अनेरास्ववियु, बैद्य निकटको अखिल क्रान्तिकारी र नयाँ शक्तिको बिद्यार्थी संगठन गरी चार बिद्यार्थी संगठनले तालबन्दी गरेकोमा आजै जिलला प्रशासन कार्यालयले बल प्रयोग गरि ताला तोडेको हो । 

यता तालाबन्दी गर्ने बिद्यार्थी संगठनले भने छलफल गरेर समाधान खोज्नुको साँटो बल प्रयोग गरी तालाबन्दी ताडिएको भन्दै खेद प्रकट गर्दै एक प्रेश विज्ञप्ती जारी गरेका छन् । साथै उनीहरुले यस्तो कदम चालिएको र गल्ती नसच्याए आन्दोलनको चेतावनी समेत दिएका छन् । यता ताला तोडिएपछि क्याम्पसले प्रक्रिया अगाडि बढाएपछि नेपाल बिद्यार्थी संघले भने उम्ेदवारी दर्ता गरिसकेको जनाईएको छ ।


सार्वजनिक विदा भए पनि देशभरका साढे ३ सय क्याम्पसमा मनोनयन दर्ता सक्ने त्रिभुवन विश्वविद्यालयको निर्वाचन समितिले तयारी गरेको थियो । समितिका सदस्य नरेन्द्र सिवाकोटीका अनुसार झण्डै एक सय क्याम्पसमा असन्तुष्ट विद्यार्थी संगठनले अवरोध गरेपछि मनोनयन दर्ता हुन नसकेको हो । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आउँदो बुधबार मिश्रीत निर्वाचन प्रणालीमा स्ववियुको चुनाव हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना