२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ठुला बिद्यार्थी संगठनका आ-आफ्नै अडानले उम्मेद्वारी दर्ता हुन सकेन

२०७३, १४ फाल्गुन शनिबार १७:०८

कमल रावल/फागुन १४, अछाम । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको लागि आज क्याम्पसमा मनोनयन दर्ता गराउने दिन भएपनि अछामका कुनै पनि क्याम्पसमा मनोनयन दर्ता भएको छैन । 

अछामका ३ ठुला विद्यार्थि संगठन अनेरास्वीयु, नेविसँघ र अखिल क्रान्तिकारीको आफनो आफनो मागका कारण मनोनयन दर्ता नभएको बताईएको छ । अछाम जिल्लाका ७ वटै क्याम्पसमा तोकिएकै मितीमा स्वीयु निर्वाचनका लागि पट्क पट्क संगठनका बिचमा सर्वपक्षिय बैठक भएता पनि हाल सम्म कुनै निष्कर्ष समेत निस्कीएको छैन । 

अहिले सम्म अनेरास्वीयुले अछामका थुप्रै क्याम्पसमा नियमित तथा सक्षम विद्यार्थि भर्ना छुटेकाले प्रथम, दोस्रो र तेस्रो वर्षमा सहमतिका आधारमा नयाँ भर्ना खोल्नु पर्ने मागमा अडिग रहेको अनेरास्वीयु अछामका अध्यक्ष तिलक ठकुल्लाले बताउनु भयो । 

कुनै पनि हालतमा तोकिएकै समयमा स्वीयु निर्वाचन सम्पन्न गराउन आफनो सँगठन कडा सघर्षका साथ लागि परेकाले विगत ८ वर्ष देखिको हुन नसकेको स्वीयु निर्वाचन जसरी पनि हुनु पर्ने आफनो संगठनको माग रहेको समेत बताए । आफनो संगठन तोकिएकै समयमा स्वीयु निर्वाचन सम्पन्न गराउनकालागि लागि परेको बताउनु भयो । 

त्रिभुवन विश्वविद्यालयले यस अघि माघ १४ गतेबाट कुनै पनि क्याम्पसमा नयाँ भर्ना लिन नपाउने गरेको निर्णयमा आफनो संगठन रहेकाले अहिलेको अबस्थामा सबै क्याम्पस स्वीयु निर्वाचन हुनु पर्ने नेविसँघ अछामका अध्यक्ष नृप साउदको भनाई रहेको छ । 

सम्पुर्ण विद्यार्थिका हक हित सँरक्षणका लागि अन्तीम समय सम्म हर प्रयासका बिचमा पनि स्वीयु निर्वाचन अछाममा सम्पन्न गराउनका लागि आफनो सँगठन लागि परेको बताउनु भयो । उता अखिल क्रान्तिकारीले भने अन्य संगठनले जिल्ला केहि क्याम्पस फ्रजी विद्यार्थि भर्ना गरेको आरोप लगाउदै आएकाले तुरुन्तै छानविन गर्न माग पटक पटक बैठकमा गर्दै आएको अखिल क्रान्तिकारी अछामका अध्यक्ष गम्भीर साउदले बताउनु भयो । 

अछाम जिल्लाका ७ वटै क्याम्पसमा अखिल क्रान्तिकारीले आफनो सँगठन बाट को उम्मेद्धार बन्ने भन्ने निर्णय सहित नामावलि सार्वजनिक गरिसकेको छ भने नेविसँघले पनि स्वीयु निर्वाचनमा भब्यताका साथ सहभागिता जनाउने निर्णय गरिसकेको छ भने अनेरास्वीयुले उम्मेद्धार छनोटका लगि स्वयम क्याम्पस कमिटीलाई दिदै जिल्ला कमिटीबाट अहिले सम्म कुनै निर्णय सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार