२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वर्तमान परिवेशले मुलुक कमजोर हुँदै गयो: काग्रेस बलायर

२०७३, १४ फाल्गुन शनिबार १७:१०

फागुन १४, अछाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिरबहादुर बलायरले वर्तमान परिवेशले मुलुक कमजोर हुदै गैरहेको बताँउनुभएको छ । 

प्रेस यूनियन अछामले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य बलायरले देशमा संक्रमणकाल बढ्दै जाँने हो भने देशको अस्तित्व पनि संकटमा पर्ने बताँउनुभयो । सबै राजनीतिक शक्ति मिलेर वर्तमान संकट समाधान गर्न जरुरी रहेको उहाँको भनाई थियो । 

संसोधन प्रस्तावका विषयमा एमालेले मौन बस्नु नहुने उहाँको भनाई थियो । संसोधनका विषयमा एमाले चुप लागेर जनतालाई गुम्राहमा राख्ने कार्य गरेको भन्दै उहाँले अहिलेको अवस्थामा लाटो भएर काम नहुने बताँउनुभयो । कि हुन्छ कि हुदैन भनेर निकासको बाटोमा अगि बढ्नुनै अहिलेको आवस्यकता भएको उहाँको भनाई थियो । संसोधन प्रस्ताव नेपाली काँग्रेसको प्रमुख भूमिकामा ल्याईएको भन्दै नेता बलायरले सबै मिलेर अगि बढ्नुको बिकल्प नभएको बताए । 

अछामको रामारोशन क्षेत्रको प्रब्रद्धन  गर्न जरुरी रहेको बताँउदै बलायरले संसदिय टोलिलाई भ्रमणका लागि अनुरोध गर्ने समेत प्रतिबद्धता ब्याक्त गर्नुभयो । फरक प्रसंगमा नेता बलायरले बाबुराम भट्राई र उपेन्द्र यादवको संयुक्त बक्तब्य आँउनु देशका लागि दुःखद भएको उल्लेख गर्नुभयो । 

हुनै नसक्ने गठबन्धन हुनु दुर्भाग्य भएको उहाँको भनाई थियो । प्रेस यूनियनका जिल्ला सभापति जनकराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टी सभापति भरत कुमार सवार लगायतका नेताहरुको पनि उपस्थिती रहेको थियो । 

पत्रकार सम्मेलनमा प्रेस यूनियनका उपसभापति धनराज साउदले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन सचिव पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार