१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वर्तमान परिवेशले मुलुक कमजोर हुँदै गयो: काग्रेस बलायर

१४ फाल्गुन २०७३, शनिबार १७:१०

फागुन १४, अछाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिरबहादुर बलायरले वर्तमान परिवेशले मुलुक कमजोर हुदै गैरहेको बताँउनुभएको छ । 

प्रेस यूनियन अछामले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य बलायरले देशमा संक्रमणकाल बढ्दै जाँने हो भने देशको अस्तित्व पनि संकटमा पर्ने बताँउनुभयो । सबै राजनीतिक शक्ति मिलेर वर्तमान संकट समाधान गर्न जरुरी रहेको उहाँको भनाई थियो । 

संसोधन प्रस्तावका विषयमा एमालेले मौन बस्नु नहुने उहाँको भनाई थियो । संसोधनका विषयमा एमाले चुप लागेर जनतालाई गुम्राहमा राख्ने कार्य गरेको भन्दै उहाँले अहिलेको अवस्थामा लाटो भएर काम नहुने बताँउनुभयो । कि हुन्छ कि हुदैन भनेर निकासको बाटोमा अगि बढ्नुनै अहिलेको आवस्यकता भएको उहाँको भनाई थियो । संसोधन प्रस्ताव नेपाली काँग्रेसको प्रमुख भूमिकामा ल्याईएको भन्दै नेता बलायरले सबै मिलेर अगि बढ्नुको बिकल्प नभएको बताए । 

अछामको रामारोशन क्षेत्रको प्रब्रद्धन  गर्न जरुरी रहेको बताँउदै बलायरले संसदिय टोलिलाई भ्रमणका लागि अनुरोध गर्ने समेत प्रतिबद्धता ब्याक्त गर्नुभयो । फरक प्रसंगमा नेता बलायरले बाबुराम भट्राई र उपेन्द्र यादवको संयुक्त बक्तब्य आँउनु देशका लागि दुःखद भएको उल्लेख गर्नुभयो । 

हुनै नसक्ने गठबन्धन हुनु दुर्भाग्य भएको उहाँको भनाई थियो । प्रेस यूनियनका जिल्ला सभापति जनकराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टी सभापति भरत कुमार सवार लगायतका नेताहरुको पनि उपस्थिती रहेको थियो । 

पत्रकार सम्मेलनमा प्रेस यूनियनका उपसभापति धनराज साउदले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन सचिव पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड