२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

स्ववियुमा भिड्ने कपिलवस्तुका ५ क्याम्पसमा उम्मेद्धारी दर्ता

२०७३, १४ फाल्गुन शनिबार १७:२१

दिपक अनुरागी/फागुन १४, कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागि शुक्रबार कपिलवस्तुका विभिन्न क्याम्पसमा उम्मेद्धारी दर्ता भएको छ । सार्वजनिक बिदा भए पनि कपिलवस्तुका ५ क्याम्पसमा उम्मेद्धारी दर्ता भएको उक्त क्याम्पसका निर्वाचन समितीहरुले जनाएका छन् ।

 कपिलवस्तुका कुल ८ क्याम्पस मध्ये ५ क्याम्पसमा मात्र शुक्रबार उम्मेद्धारी दर्ता भएको हो । जिल्लाको तौलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पस र फलहारीबाबा बुहुमुखी क्याम्पस महाराजगञ्जमा उम्मेद्धारी दर्ता भने हुन सकेन् । मधेसी मोर्चा निकटका विद्यार्थी संगठनको अवरोधका कारण उम्मेद्धारी दर्ता हुन नसकेको हो ।

 साथै नेपाल आर्दश बहुमुखी क्याम्पसमा पनि शुक्रबार उम्मेद्धारी दर्ता हुन सकेको छैन् । विद्यार्थी संगठन र क्याम्पस प्रशासन विचको आन्तरिक विवादको कारण उम्मेद्धारी दर्ता हुन नसकेको बताइएको छ । शुक्रबार बसेको विद्यार्थी संगठन र क्याम्पस प्रशासन विचको सहमतीबाट शनिबार बिहान १० बजे सम्ममा उम्मेद्धारी दर्ता गर्ने निर्णय भएको छ ।

 कपिलवस्तुका अन्य ५ ओटा क्याम्पसमा भने उम्मेद्धारी दर्ता भएको छ । जिल्लाको पश्चिमी क्षेत्र खरेन्द्रपुरमा रहेको समयथान बहुमुखी क्याम्पसमा अनेरास्ववियुले एकल प्यानल सहित उम्मेद्धारी दर्ता गरेको छ । जसको स्ववियु सभापतिमा शिव भुषाल, सचिवमा कृष्ण घिमिरे, कोषाध्यक्षमा विनिता गौतम सहित उम्मेद्धारी दर्ता गराएको अनेरास्ववियुका जिल्ला नेता बाबुराम अर्यालले जनाउनुभयो ।

 यस्तै सोहि क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी (प्रचण्ड) र नयाँ शक्ति विद्यार्थी युनियनको संयुक्त प्यानल सहितको उम्मेद्धारी दर्ता भएको छ । जसको सभापतिमा रोशन नेपाली (नेविसंघ), सचिवमा प्रेम खड्का (नेविसंघ), कोषाध्यक्षमा सविता भुषाल (अखिल क्रान्तिकारी प्रचण्ड) सहितको उम्मेद्धारी दर्ता भएको नेविसंघ कपिलवस्तुका वरिष्ठ उपसभापति मधुसुदन कोइरालाले जानकारी दिनुभयो ।

 यता बुद्धभुमि बुहुमुखी क्याम्पस बरकुलपुरमा पनि अनेरास्ववियुले एकल प्यानल सहितको उम्मेद्धारी दर्ता गराएको छ । जसको सभापतिमा हेमराज खनाल, सचिवमा कुलराज अधिकारी रहनुभएको अनेरास्ववियुका जिल्ला संयोजक बिकास आचार्यले जानकारी दिनुभएकोछ । 

सोहि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी ‘प्रचण्ड’को संयुक्त प्यानल दर्ता भएको छ । जसको सभापतिमा सुदिप खड्का (नेविसंघ), सचिवमा शारदा खड्का (अखिल क्रान्तिकारी प्रचण्ड), कोषाध्यक्षमा निर्मल अधिकारी (नेविसंघ) सहितको उम्मेद्धारी दर्ता भएको नेविसंघका जिल्ला नेता रुपकराज खनालले जानकारी दिनुभयो ।

 यसैगरी गौतमबुद्ध बुहुमुखी क्याम्पस गोरुसिङ्गेमा अनेरास्ववियुले राष्ट्रिय प्रजातान्त्रिक विद्याथी संघ सहितको संयुक्त प्यानलको उम्मेद्धारी दर्ता गरेको छ । जसको सभापतिमा विनोद केशि (अनेरास्ववियु), सचिवमा नारायण गौतम (अनेरास्ववियु) र कोषाध्यक्ष शुसिला खनाल (राप्रविसंघ)को तर्फबाट उम्मेद्धारी दर्ता भएको अनेरास्ववियुका जिल्ला संयोजक आचार्यले बताउनुभयो ।

 यसैगरी सोहि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी (प्रचण्ड) विचको संयुक्त प्यानल सहितको उम्मेद्धारी दर्ता भएको छ । जसको सभापतिमा कृष्ण आचार्य (नेविसंघ), सचिवमा मदन लम्साल (नेविसंघ), कोषाध्यक्षमा अमिषा आचार्य (नेविसंघ) र अखिल क्रान्तिकारी ‘प्रचण्ड’का केहि सदस्य सहितको प्यानल दर्ता भएको नेविसंघ नेता खनालले जनाउनुभयो ।

 यस्तै बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा अनेरास्ववियुले एकल प्यानल सहितको उम्मेद्धारी दर्ता गराएको छ । जसको सभापतिमा मदन पौडेल, सचिवमा रञ्जिता भुषाल, कोषाध्यक्षमा सुजन पौडेल सहितको उम्मेद्धारी दर्ता भएको क्याम्पस कमिटी अध्यक्ष कमल बेल्वासेले बताउनुभयो ।

 यता नेविसंघ र नयाँ शक्ति विद्यार्थी युनियनको संयुक्त प्यानल सहितको उम्मेद्धारी दर्ता भएको छ । जसको सभापतिमा माधव वेल्वासे (नेविसंघ), सचिवमा कमला पाण्डे (नेविसंघ), कोषाध्यक्षमा लक्ष्मी भट्टराई (नेविसंघ), सहित नयाँ शक्ति विद्यार्थी युनियनलाई केहि सदस्य दिई संयुक्त उम्मेद्धारी दर्ता भएको नेविसंघ इकाई समितीले जनाएको छ ।

 जिल्लाका प्राय सबै क्याम्पसमा नेविसंघ संग मिलेर उम्मेद्धारी दर्ता गराएको अखिल क्रान्तिकारी ‘प्रचण्ड’ भने यो क्याम्पसमा एक्लै चुनाव फिड्ने भएको छ । जसको सभापतिमा मदन पोडेल, सचिवमा खेम जिएम, कोषाध्यक्षमा लक्ष्मी पाण्डे सहितको एकल प्यानल अखिल क्रान्तिकारीले दर्ता गरेको छ । यो क्याम्पसमा आफ्नो राम्रो पकट रहेको अखिल क्रान्तिकारीका जिल्ला संयोजक शिव बञ्जाडेले दाबी गर्नुभयो ।

 यसैगरी जिल्लाकै सबैभन्दा ठुलो क्याम्पस सिद्धार्थ क्याम्पसमा पनि शुक्रबार नै विद्यार्थी संगठनले संयुक्त प्यानल सहितको उम्मेद्धारी दर्ता गरेका छन् । जसमा अनेरास्ववियुले अखिल क्रान्तिकारी (विप्लव), अखिल छेठौ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ सहितको संयुक्त प्यानल सहितको उम्मेद्धारी दर्ता गरेको बताइएको छ । जसको सभापतिमा अनेरास्ववियुका शुसिल खत्री, सचिवमा दिनेश चौधरी अनेरास्ववियुको तर्फबाट र कोषाध्यक्षमा रुपा बुढामगर (अखिल क्रान्तिकारी (विप्लव)) को तर्फबाट उम्मेद्धारी दर्ता भएको छ । अखिल छैठौको तर्फबाट १ जना प्रत्यक्ष सदस्य र समानुपातिक सहसचिव दिने सहमती गरि बन्द सूचि सहितको उम्मेद्धारी दर्ता भएको अनेरास्ववियुका नेता डि.ए. आचार्यले जनाउनुभयो ।  

 यस्तै नेविसंघले अखिल क्रान्तिकारी (प्रचण्ड) र नया शक्ति विद्यार्थी युनियन सहित संयुक्त प्यानलको उम्मेद्धारी दर्ता गरेको छ । जसको सभापतिमा बुद्धि बहादुर क्षेत्री (दिनेश), (नेविसंघ), सचिवमा मधुसुदन गन्र्धव (अखिल क्रान्तिकारी प्रचण्ड), कोषाध्यक्षमा मोनिका पोख्रेल (अखिल क्रान्तिकारी (प्रचण्ड)) को तर्फबाट उम्मेद्धारी दर्ता भएको नेविसंघका जिल्ला कोषाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।

 शुक्रबार उम्मेद्धारी दर्ता भएका ५ क्याम्पस मध्ये ४ क्याम्पसमा पहिलो पटक स्ववियुको निर्वाचन हुदैछ । यस्तै सिद्धार्थ क्याम्पसमा सातौ पटक अहिले स्ववियुको निर्वाचन हुदैछ । सिद्धार्थ क्याम्पसमा अहिले सम्म अनेरास्ववियुले कब्जा जमाउदै आएको छ । यसपालि पनि आफ्नो विरासत जोगाउनमा अनेरास्ववियु लागेको छ ।

 नेविसंघ भने इतिहासमै पहिलो पटक यस क्याम्पसमा विजयीको झण्डा फराउन चाहन्छ । झण्डै १२ सय मतदाता रहेको यस क्याम्पसमा स्ववियुको नेतृत्व कुन संगठनले गर्ने हो भन्ने विभिन्न अड्कलबाजी हुन थालेका छन् । जिल्लाकै सबैभन्दा ठुलो र महत्वपुर्ण क्याम्पसको रुपमा हेरिने गरेकोले अन्यको तुलनामा यस क्याम्पसको चर्चा बढी भएको हो ।  

यसपालि कपिलवस्तुका अधिकांश क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी मिलेर चुनाव लड्ने भएका छन् । यस्तै जिल्लाको सिद्धार्थ क्याम्पस, नेपाल आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लव बिच प्यानल बनाएर चुनाव लड्ने भएका छन् । भने सिद्धार्थमा अखिल छैठौ, राप्रविसंघ मिलेको छ ।

 त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका अनुसार शुक्रबार देशभरका क्याम्पसमा उम्मेद्धारी दर्ताको समय दिउसो ३ बजे  सम्मको लागि तोकेको थियो । सोहि कार्यतालिका अनुसार शुक्रबार उम्मेद्धारी दर्ता भएको हो । उम्मेदवारी फिर्ता र दाबी विरोध पछि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । स्ववियुको निर्वाचन यहि फाल्गुण १८ गते देशैभर हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा