१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका दुई क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता

१६ फाल्गुन २०७३, सोमबार ०२:२७


ललित बोहरा । डडेल्धुरा, फागुन १५ । स्ववियु निर्वाचनमा डडेल्धुरा बहुमुखी क्याम्पसमा सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । 


कांग्रेस निकटको नेपाल बिद्यार्थी संगठन(नेविसंघ)बाट जगत ऐरले उम्मेदवारी दर्ता गराएका छन् भने चार बिद्यार्थी संगठनहरु एमाले निकट अमेरास्ववियु, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) र नयाँ शक्ति बिद्यार्थी युनियनबाट सयुक्त रुपमा अनेरास्वयुकी प्रिया कुमारी मल्लले उम्मेदवारी दिएकी छिन् ।


तीन बिद्यार्थी संगठनबाट सयुक्त रुपमा सचिवमा अखिल(क्रान्तिकारी)बाट करन साउँदले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा नयाँ शक्ति बिद्यार्थी युनियनबाट महेश पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उता नेविसंघबाट भने सचिवमा खेम अवस्थी र कोषाध्यक्षमा बिमला साउँदले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । 


नेविसंघबाट शनिबार नै उम्मेदवारी दर्ता गरिएको हो भने अन्य बिद्यार्थी संगठनले संयुक्त रुपमा आईतबार मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।


यसैगरी उता भित्रि मधेस क्षेत्रमा रहेको त्रि बेणी बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ता गरिएको छ । सभापतिका लागि अखिल(क्रान्तिकारी)बाट मोहन धामी, अनेरास्ववियुबाट चक्र साउँद र नेविसंघबाट कृष्ण धामीले उम्मेदवारी दिएका छन् ।


त्रिभुवन विश्वविद्यालयले फागुन १८ मै स्ववियु निर्वाचन गर्ने गरी क्याम्पस निर्वाचन समितिले तालिका मिलाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिईसकेको छ ।


तालिका अनुसार फागुन १४ र १५ गतेका सबै कार्यक्रमहरु १५ र १६ गते विहान साँढे १० बजेसम्म सम्पन्न गर्न त्रिविले सबै क्याम्पसलाई परिपत्र गरेको छ ।



त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव गंगावहादुर मगरका अनुसार उम्मेदवारी मनोनयन सोमबार विहानसम्म हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर