फागुन १६, बीरगंज । सद्भावना महिला मञ्च पर्साको बैठक पार्टी कार्यालय श्रीपुरमा सम्पन्न भएको छ । 

मञ्च पर्साकी अध्यक्ष रेखा साहको सभापतित्वमा ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १६, बीरगंज । सद्भावना महिला मञ्च पर्साको बैठक पार्टी कार्यालय श्रीपुरमा सम्पन्न भएको छ । 

मञ्च पर्साकी अध्यक्ष रेखा साहको सभापतित्वमा ए"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सद्भावना महिला मञ्च पर्साको बैठक सम्पन्न

१६ फाल्गुन २०७३, सोमबार ०८:४३


फागुन १६, बीरगंज । सद्भावना महिला मञ्च पर्साको बैठक पार्टी कार्यालय श्रीपुरमा सम्पन्न भएको छ । 

मञ्च पर्साकी अध्यक्ष रेखा साहको सभापतित्वमा एवं सद्भावना पार्टीका केन्द्रिय सदस्य रेखा घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बैठकले महिला मञ्चको संगठन विस्तार गर्ने, क्षेत्रिय एवं जिल्ला भेल गर्ने र महिलाहरुको क्षमता विकासका लागि तालिम संचालन गर्ने निर्णय गरेको मञ्च पर्साकी सचिव सोनु कुमारीले बताईन । 

बैठकमा बोल्दै महिला मञ्च पर्साकी अध्यक्ष रेखा साहले महिला मञ्चको संगठन विस्तार कार्यलाई विशेष प्राथमिकता दिने र शिपमुलक तालिम संचालन गरि महिलाहरुको व्यक्तित्वसंगै आय आर्जनमा समेत टेवा पुग्ने कार्यलाई अगाडी बढाउने बताईन् । 

साथै मञ्चले समाजिक विकृति एवं रचनात्मक कार्यहरु समेत संचालन गर्ने धारणा राखेकी थिईन् । बैठकमा बोल्दै सद्भावना पार्टीका केन्द्रिय सदस्य रेखा घिमिरेले आफ्ना अधिकार एवं पहिचानका लागि महिलाहरु अगाडी बढनुपर्ने धारणा राख्दै अहिले पनि मधेशका महिलाहरु कुनै न कुनै बहानामा शोषणमा परि रहेको बताईन । 

सद्भावना पार्टी बीरगंज नगर उपाध्यक्ष एवं युवा नेता सुरेश साह कानुले महिलाहरु आफ्ना अधिकारका लागि बढनुपर्ने धारणा राख्दै अहिले नेपाल लगायत विश्वमा नै महिलाहरु अगाडि बढि रहेको धारणा राखेको थियो । 

महिला मञ्च पर्साको बैठकमा जिल्ला उपाध्यक्ष रन्जु देवी, कोषाध्यक्ष बबिता चौधरी, सहसचिव निर्मला पटवा, कार्यसमिति सदस्यहरु मिना शर्मा , जयमाला शर्मा, उत्तम चौधरी, सुनिता चौधरी, सिमा चौधरी, रम्भा यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर