दलसिंह गिरी/फागुन १६, कालिकोट । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि तय गरिएको मिति नजिकिद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १६, कालिकोट । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि तय गरिएको मिति नजिकिद"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा विद्यार्थीबीच दोहोरो झडप, कैयौं विद्यार्थी घाइते

२०७३, १६ फाल्गुन सोमबार ०९:२५


दलसिंह गिरी/फागुन १६, कालिकोट । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि तय गरिएको मिति नजिकिदै गर्दा कालिकोटमा भने स्ववियु निर्वाचनको बिषयलाई लिएर विद्यार्थी संगठन विच त्रिपक्षिय झडप भएको छ ।

 त्रिभुवन विश्व विद्यालयबाट सम्बोधन प्राप्त कालिकोटका ४ वटा क्याम्पस मध्य कोटवाडामा रहेको नन्दादेवी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि दर्ता भएका २ वटा प्यानल मध्य एउटा प्यानलको प्रक्रिया नपुगेको भन्दै क्याम्पस प्रशासन र स्ववियु निर्वाचन टोलीले खारेज गरे संगै एमाले सम्बद्ध अनेरास्ववियु र नेपाली कांग्रेस सम्बद्ध नेविसंघका विद्यार्थीहरुले स्ववियु निर्वाचन अधिकृत लाई कालोमोसो दल्ने प्रयास गरेपछि दोहोरो झडप भएको हो ।

स्ववियु निर्वाचनका लागि नन्दादेवी क्याम्पसमा दर्ता भएका २ वटा प्यानल अनेरास्ववियु क्रान्तिकारी र अनेरास्वविय, नेविसंघको संयुक्त प्लानलमा निर्वाचन तयारी पूर्ब गरिने उम्मेदवारीको दाबी विरोधकोक्रममा संयुक्त प्यानलबाट सभापति उम्मेदार नेविसंघका मानबहादुर बिष्टको सटिफिकेट जन्म मिति फरक भएकाले यसलाई सच्याउन समय सिमा निर्धाण गर्दा पनि कुनै प्रक्रिया अगाडी नबढाएको भन्दै निर्वाचन टोलीले संयुक्त प्यानलको उम्मेदवारी दर्ता खारेज गरेको विषयलाई लिएर अनेरास्वीयु क्रान्तिकारी र नेविसंघ अनेरास्ववियु विच दोहोरो झडप भएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नजिकै दोहोरो झडप हुदा धेरै विद्यार्थीहरु घाईते भएका छन् । भने प्रहरी प्रशासनले झडप नियन्त्रणमा लिन हम्मेहम्मे भएको छ । दुई दिन अगाडी नै आफ्नो ब्यक्तिगत कामका शिलशिलामा जिल्ला सदरमुकाम मान्म आएका नन्दादेवी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत एवं नन्दादेवी बहुमुखी क्याम्पसका प्रमुख रत्नसिंह साउदलाई नेविसंघका विद्यार्थीहरुले सार्वजनिक स्थलमै कालो मोसो दल्ने प्रयास गरेपछि दोहोरो झडप सुरु भएको हो । 

स्ववियुको निर्वाचन समय अगाबै क्याम्पस प्रशासनले सड्यन्त्र पूर्वक उम्मेदवारी खारेज गरेको भन्दै नेविसंघका र अनेरास्वीयुका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् भने स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दल्न प्रयास गर्ने विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यता अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले कानुनी प्रक्रिया विपरित निर्वाचन अधिकृत माथि नै सांघातिक आक्रमण भएको भन्दै आक्रमण गर्ने ब्यक्तिलाई कडाभन्दा कडा बार्वाहिका लागि विरोधमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला